2024-03-28

Close

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रहेको बाबा पेट्रोल पम्पमा नापतौल विभागले बुधबार अनुगमन गर्दा चार पटकसम्म तेल कम पाईएको छ ।

मँगलबार न्यूज ब्यूरोमा बाबा पेट्रोल पम्पमा मापभन्दा कम पेट्रोलियम दिने गरेको समाचार प्रकाशित भएपछि एक्सनमा आएका नापतौल विभाग जनकपुरले बुधबार बाबा पेट्रोल पम्पमा अनुगमन गरेको हो ।

बुधबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरास्थित रहेको बाबा पेट्रोलियमको अर्को पम्पमा अनुगमन गर्दा चार पटकसम्म नापभन्दा कम पेट्रोल पाइएको हो ।

नापतौल विभागबाट खटि गएको अनुगमन टोलीले पेट्रोलियम मापन गर्ने जारमा गरेको चेकजाँचको क्रममा चारपटकसम्म ५ लिटरभन्दा कम पेट्रोलियम पाईएको थियो भने पाँचौ पटकपछि मात्र मापनमा आएको देखिएको छ ।

नेपाल आयल निगमकाबाट सुबोध कुमार साह, श्रवण कुमार साह, नापतौल विभागबाट बीरेन्द्र उपाध्याय, सिकेन्द्र प्रसाद रोहिताको टोलीले गरेको अनुगमनको क्रममा माप भन्दा कम पेट्रोल ४ पटकसम्म देखिएको थियो ।

सो क्रममा चारपटकसम्म कम नै आउने गरेको भनेर पेट्रोल पम्पका कर्मचारीहरुले बताएका थिए । पाँचौ पटक चेकजाँच गर्दा मात्र अपेक्षाकृत रुपमा मापन पुगेको देखिएको थियो ।

डिलर प्रतिनीधिबाट गएका विवेक कुमार साह, उपोक्ताहरुमा अजय कुमार पण्डित र विकी साहको रोहबरसहित सँचारकर्मीहरुको रोहबरमा गरिएको अनुगमनको क्रममा अपेक्षाकृत परिणाम ल्याउन सकिएनन् ।

२४ सै घण्टा पेट्रोलियमको सेवा दिँदै आएको बाबा पेट्रोलियम जस्तो ख्याती कमाएका पम्पले उपभोक्ता ठग्ने गरेको देखिएको छ । सँचालकको तर्फबाट कुनै गुनासो नगरिएपनि पम्पमा काम गर्ने कर्मचारीहरुले केही न केही मात्रा घप्ला गर्दै आएको देखियो ।

पाँच पटकसम्म गरेको चेकजाँचको क्रममा चार पटकसम्म मापन भन्दा कम आएपछि उपभोक्ता अजय पण्डितले प्रश्न तेर्साएका थिए । उनको प्रश्नको जवाफमा कर्मचारीले यसरी चार पटकसम्म कमै आउने गरेको जवाफ फर्काएका थिए । यस अनुसार, पहिलो चार जना ग्राहकले मापन भन्दा कम पेट्रोलियम पाउने गरेको प्रष्ट समेत भयो ।

यद्यपी, सो पेट्रोल पम्पमा बिहानैदेखि सयौँ लिटर पेट्रोलियम पदार्थ विक्री वितरण गरिसकेको थियो । सुरुमा मात्र ४ पटकसम्म कम पेट्रोलिम प्रवाह हुने दाबी गरेको पम्पका कर्मचारीहरुले अनुगमन अघि नै सयौँ लिटर पेट्रोल बेचेको पनि बताएका थिए ।

गत आईतबार सो पेट्रोल पम्पमा मूल्य पुरै लिएर पनि पेट्रोलियम कम दिएको भन्दै उपभोक्ताहरुले हँगामा गरेको भिडियो समाजिक सँजालमा भाइरल बनेको थियो । त्यसपछि न्यूज ब्यूरोले समेत समाचार प्रकाशित गरेपछि सरोकारबालाहरु एक्सन लिएका थिए ।

पाँचौ पटकमा सन्तोषजनक मापन आएपनि नापतौल विभागका कर्मचारी वा अन्य चेकजाँचका कर्मचारीहरुले कारवाही गरिने वा नगरिने भन्ने बारे बताएनन् । उनीहरुले मेसिन समेत खोलेर चेकजाँच गरेको थियो ।

जानकारी अनुसार, पेट्रोल भर्ने बेलामा मेसिनबाट धेरै जसो पेट्रोल पम्पहरुमा घप्ला गर्दै आएको छ । त्यहाँ प्राविधिकको प्रयोगले उपभोक्तालाई मात्राभन्दा कम पेट्रोलियम दिएर ठगी गर्ने काण्डहरु विभिन्न सयमा धेरै जसो पेट्रोल पम्पहरुमा देखिने गरेको छ ।

यद्यपी, बाबा पेट्रोल पम्पका सँचालक विष्णुदेव साहले भने आफ्नो पम्पमा त्यस्तो कुनै कार्य नभएको दाबी गर्दै आएका छन् । उनले केही उपभोक्ताहरु बलपूर्वक गलत भिडियो बनाएर समाजिक सँजालमा हालेको पनि बताए ।

यस सन्दर्भमा नापतौल विभाग जनकपुरका प्रमुख मनिष झासँग सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन । न्यूज ब्यूरोबाट

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds