2024-04-29

Close

जनकपुधाम । धनुषाको सबैला नगरपालिका अन्तर्गतको एक स्वास्थ्य चौकीमा कार्यालय समयमा कर्मचारीहरु कुर्सीमै सुतिरहेको भिडियो सार्वजनिक भएको छ । सबैला नगरपालिका वडा नं. ५ मा मखनाहामा अवस्थित स्वास्थ्य चौकीमा कर्मचारीहरु कार्यालय समयमा मस्त निन्द्रामा सुतिरहेको भिडियो बाहिरिएको हो । सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
मखनाहा स्वास्थ्य चौकीका इन्चार्ज (छैठौँ जनस्वास्थ्य निरीक्षक) राम सिंह मण्डल तथा कार्यालय सहयोगी राजेश्वरी यादव कार्यालय समयमा कुर्सीमै सुतिरहेको भिडियो प्राप्त भएको छ । इन्चार्ज मण्डल आफ्नो कार्यकक्षभित्र कुर्सीमै तथा कार्यालय सहयोगी यादव सेवाग्राहीलाई बस्न लाई राखिएको स्टील सोफामा सुतिरहेको भिडियोमा स्पष्ट हेर्न सकिन्छ ।

इन्चार्ज मण्डल त्यस नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक संजय मण्डल र सहसंयोजक रामदुलार यादवको नजिकको कर्मचारी मानिन्छन् । त्यस नगरपालिकामा पटक–पटक यस्तो लापरवाहीका गतिविधिहरु हुदै आएपनि मण्डल र यादवको नजिकका कर्मचारीलाई कसैले कुनै कारवाही गर्न सकेका छैनन् । स्रोतका अनुसार मण्डल र यादवले संरक्षण गरेको कर्मचारीले गल्ती गरेपनि कुनै प्रकारको कारवाही नहुनेमा ढुक्क रहन्छन् ।
त्यस नगरपालिकामा मेयर कारीराम यादव तथा उपमेयर रहिमा खातुन नेकपा माओवादी केन्द्रबाट निर्वाचित छन् । मेयर यादव माओवादी नेता मातृका प्रसाद यादवका भाई हुन् । तर त्यहाँ काँग्रेस र एमाले निकट कर्मचारीको हालीमुहाली देखिएको छ ।
संयोजक मण्डल र सहसंयोजक यादवका कारण नगरपालिका तथा मेयरको बदनामी भइरहे पनि नगरपालिका तथा मेयरको यसप्रति ध्यान गएको देखिदैन ।
सबैला नगरपलिकाको स्वास्थ्य शाखामा बेथिति तथा अनियमितताको चाङ रहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds