2025-06-11

Close

जनकपुरधाम । मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अस्तव्यस्त छ । रकम लेनदेनको आधारमा कार्यालय प्रमुखहरूलाई तान्ने र पठाउने काममा बिचौलियाहरू हाबी भएपछि १ अर्बभन्दा बढिको औषधि र स्वास्थ्य उपकरण खरिद हुन सकेको छैन ।

बजेट हुँदाहुँदै पनि खरिद गर्न नसकेपछि सर्वसाधारण निस्शुल्क औषधि र स्वास्थ्य उपचार सेवाबाट बञ्चित भएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाममा २०७६ सालमा स्थापना भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला अहिले थलापरेको छ ।

संघीय राजधानी काठमाडौंको टेकुमा रहेका जनस्वास्थ्य प्रयोगशालाले काज फिर्ता बोलाएको झोाकमा निमित्त निर्देशक प्रणवकुमार यादवले गएको जेठ ८ गते रमाना लिएकै दिन १८ करोडभन्दा बढिको टेन्डर रद्द गरेपछि त्यहाँ ठूलो चुनौती उत्पन्न भएको हो ।

प्याथोलोजीमा प्रयोग हुने औषधि, केमिकल, किट र उपकरण खरिद हुन नसकेकै कारण बिरामीहरू समस्यामा परेका छन् । बजेट हुँदाहुँदै पनि आवश्यक सामग्री खरिद हुन नसकेकै कारण निजी प्याथोलोजीको तुलनामा तीन गुणा सस्तो, ज्येष्ठ नागरिक र दीर्घरोगीहरूलाई दिँदै आएको निस् शुल्क सेवा र मधेशको १ सय ३६ वटै पालिकामा खोलिएका प्रयोगशालाहरु बन्द हुने अवस्था पुगेका छन् ।

यो जनस्वास्थ्य प्रयोगशालाजस्तै मधेश प्रदेशको आठै जिल्लामा रहेका प्रादेशिक अस्पतालहरूको अवस्था झनै दयनीय छ । निहित स्वार्थ पुर्तिका लागि मन्त्रालयको नेतृत्वले निर्देशक तान्ने र पठाउने समस्याले गर्दा प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रले समयमै औषधि खरिद गर्न नसकेकै कारण सेवाग्राहीले अस्पतालबाट निस् शुल्क औषधि पाउनसकेका छैनन् ।

प्रदेश सरकारले ७२ करोड बजेट विनियोजन गरेपनि प्रदेश स्वास्थ्य व्यवस्थापन आपुर्ति केन्द्रले अहिलेसम्म एक रूपैयाँको पनि औषधि उपकरण खरिद गर्न सकेको छैन् ।

जनतासाँग प्रत्यक्ष सरोकार राख्ने मधेशका स्वास्थ्य संस्थाहरूमा एकातर्फ यस्तो समस्या छ भने अर्कोतर्फ कमिसनको लालचमा बजेटलाई टुक्रयाएर सामग्री खरिदका लागि आर्थिक वर्षको अन्त्यमा ८ वटा अस्पताललाई दुई÷दुई करोड पठाउने तयारी छ ।

आफूसँग ठूलो बजेट हुँदाहुँदै पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ सरकार र दातृ संस्थालाई औषधि आपुर्तिका लागि गुहारेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर