2024-03-28

Close

वीरगंज । यातायात कार्यालय वीरगंजमा सवारी चालक पत्र बनाउनको लागि बिचौलीयाहरु मार्फत मोटो रकम लिएर कर्मचारीहरुले अवैध रुपले लाईसेन्स दिदै गरेको समाचार प्राप्त भएको छ।

यातायात कार्यालयको प्रमुख शुशिल साहले कार्यालय भित्र बिचौलियाहरु प्रयोग गरि अवैध रुपले भित्रवाट फर्म भरि नयाँ लाईसेन्स दिने गरेको खुलिको छ।
प्रमुख शाहले भित्रवाट फर्म भरेका व्यक्ति लिखित परीक्षा र ट्रायल परीक्षा फेल भएपनि उक्त व्यक्तीको भिडियो इडिट गरि पास गराउने गरेको स्रोतले जनाएका छन्।

सरकारले कागजातले दर्ता भईरहेको फर्ममा भ्रष्टचारी भइरहेको पाएपछि सो प्रवधानलाई हटाई भ्रष्टचारीलाई रोकनको लागि अनलाईन फर्म भर्न नियम लागु गरेको हो।अनलाईन फर्म भरेका व्यक्तिहरुलाई ६ महिना १ साल सम्म सम्पर्क मितीको लागि कोर्ने परेको छ ।

यातायात कार्यालयपर्साका प्रमुख सुशील साहले परिचालन गरेका बिचौल्लीयाहरुले सेवाग्राहीले छिटोभन्दा छिटो लाईसेन्स दिलाईदिन्छु भनि हजारौं हजारौं रकम लिएर अफलाईन फर्म भरि लाईसेन्स दिने गरेको स्रोतको दाबी छ।

त्यसै गरि यातायात भईरहेको भष्ट्रचारी रोक्नको लागि ट्रायल सेन्टरको ग्राउणडमा सिसि क्यामेरामा जडान गरे पनि कर्मचारीहरुले भिडियो इडिट गरि भिडियो हटाई लाईसेन्स दिने गरेको छ। यातायात कार्यालय प्रमुख भई अाएपछि वीरगंजमा अनलाईन फर्म भर्नको लागि सानो सवारीहरु सित ५००० हजार र ठुलो सवारी साधनहरुको लागि १० हाजर लिने गरेको एक सेवाग्राहीले बताएका छन्।
यसरीनै मोटरसाइकलको लाईसेन्सको लागि १५ हजार र ठुलो चार चक्का सवारीहरुको २५ हजार र हेबी गाडीको लाईसेन्सको लागि ५० हजार ७५ हजार लिएर फेल भएका हरुलाई पैसा लिएर लिखित र ट्रायलमा फेल हुनेहरुको पास गराउने गरेको स्रोतले दाबि गरेका छन्।

केही दिन कोरोनाको कारण चालक अनुमति पत्र बन्द रहेको कारण अहिले नया चालक अनुमति पत्रको अावदेन फर्म खुलेपछि यातायातका साहले बिचौलिया संग मिलेर फेल भएकाहरुलाई मोटो रकम लिएर पास गराउने जिम्मा लिएका छन्।

यातायात कार्यालय वीरगंज प्रमुख साहको विश्वासपात्रको रुपमा करारमा रहेका पिउन शम्भु गुरुङले मन्त्रालय देखि लिएर पत्रकार ,पुलिस सम्म मिलाउन गरेको स्रोतले जनाएको छ।
।विश्वासपात्र रहेका गुरुङ विगत १० बर्षदेखि ठुलो हाकिमहरुको अाशिर्वादले वीरगंजमा बस्दै अाएका छन्।

नारायणीमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन गरी ५ जिल्लाका सेवाग्राही आउँछन्। भद्रगोल व्यवस्थापनले सेवाग्राहीलाई निकै सास्ती खेप्नु परेको चितवमका दिपक गौतमले बताउँछन्। सबै काममा कर्मचारी पैसाको कुरा गर्ने उनी दावी गर्छन्।

नारायणी यातायता कार्यालय पहिले पनि बदनाम छ। दृष्टिबिहीनलाई नै लाइसेन्स वितरण गरेको रेकर्ड यसअघि नै फेला परिसकेको छ। घुस लिँदालिँदै कर्मचारी पक्राउ पर्नु नारायणी यातायात कार्यालयमा सामान्य घटना जस्तै छन्।
यातायात कार्यालयमा यस्ता गतिविधि भईरहेको हुदा पनि समबन्धित निकाय तथा अख्तियारको ध्यान जान यति अावशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds