वीरगंज २६ श्रावण
सशस्त्र प्रहरीको मिलोमतोमा पर्साको सबैठवा , धोरै र भिस्वा नाकाबाट व्यापक रुपमा तस्करी शुरु भएको छ।
सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्मा सबैठवाको बिओपी प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक केशवराज ओलियाको संरक्षणमा सबैठवा, धोरै र भिस्वा नाकाबाट भैसी ,कुखुराको चल्ला , लत्ताकपडा , चाईनिज स्याऊ , काजु ,किसमिस, ईलाची लगाएतको व्यापक रुपमा तस्करी भईरहेको प्रत्यक्षदर्शीले बताएका छन।
पर्साको भिस्वा नाकाबाट ठुलो मात्रामा तस्करीको लाईन सुचारु भएपनि सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम प्रहरी उपरीक्षक सुमन थपलिया कानमा तेल हालेर बस्नु शंकाको बिषय बनेको छ।
सिमानाकाको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले तस्करहरु संग मिलेर तस्करीको छोडेको४८ करोडको अवैध सामानहरु जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरि राज्सशव कार्यालय पथलैयमा बुझाएका छन ।यसले प्रमाणित हुन्छ कि सशस्त्र प्रहरीको संरक्षणमा तस्करी भईरहेको छ।