2024-05-08

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको कार्यपालिका बैठकमा नेपाली काङ्ग्रेसबाट निर्वाचित उपमेयर सुनिता सिंह लगायत ५ वडा अध्यक्षहरुले बैठक बहिस्कार गरेका छन ।

बिहिवार शहिदनगर नगरपालिकामा बसेको कार्यपालिकाको बैठकमा मेयर लगायतका केही वडा अध्यक्षहरुले बहुमतको आधारमा संयोजकहरु चयन गरिएपछि काँग्रेसले बैठक बहिष्कार गरेको थियो ।

कार्यपालिकाको पहिलो बैठकबाट नेकपा माओवादी र जसपा मिलेपछी बहुमत प्रक्रियाको आधारमा सँयोजक चयन गरिएपनि काँग्रेसले एकलौट गरेको भन्दै नगर प्रमुख दिनेश प्रसाद यादवमाथि आरोप थुपारेको हो ।

उपमेयर सिंहले भनिन् –“हामीले भनेको एउटा पनि सदस्य नराख्ने ? एकलौटी रुपमा नगरपालिका चलाउँछ भने हामी प्रतिपक्षमा बस्छौं । होइन भने मिलेर चल्छ भने मेरो पनि साथ र सहयोग रहने छ । एक दुई दिनमा केही जवाफ नआए हामी पत्रकार सम्मेलन गरेर एकलौटिपनको बारेमा सार्वजनिक गर्नेछौँ ।”

पहिलो कार्यपालिका बैठकबाट नेकपा माओवादीबाट निर्वाचित वडा नम्बर ८ का वडा अध्यक्ष तनुकलाल कुसियैत (यादव) लाई स्वास्थ्य समितिको संयोजकमा चयन गरिएको छ।

वडा नम्बर ५ का वडाअध्यक्ष सुरेश कापरलाई महिला बालबालिका तथा खेलकुद नगर समितिको संयोजकमा चयन गरिएको छ ।

यस्तै, वडा नम्बर ३ का वडा अध्यक्ष मनोज दासलाई नगर कृषि समितिको संयोजकमा मनोज कुमार दासलाई चयन गरिएक छ भने वडा नम्बर ६ का वडा अध्यक्ष उमेश निरौलालाई नगर शिक्षा समितिको संयोजकमा चयन गरिएको हो ।

काँग्रेसले कार्यपालिकाको बैठक बष्हिकार गरेको सन्दर्भमा नगर प्रमुख यादवले उनीहरुले कुनै प्रकारको त्यस्तो बष्किार नै नगरेको दाबी गरे । आफू कानुनी रुपमै समितिहरु चयन गरेपछि काँग्रेसले असन्तुष्टि जनाएको बताए ।

उनले भने, –“म त नयाँ नयाँ हो, उपमेयर साहब त पुरानो हुनुहुन्छ यस क्षेत्रमा, हामीले कानुन बमोजिम नै गर्ने हो नी ? उहाँले कानुनलाई नै ओभरटेक गरी कार्यपालिका बैठकमा हलचल गरेपछि बहुमत प्रक्रियाको आधारमा समिति चयन भएको मात्र हो ।”

शहिदनगरमा जसपा, माओवादी र काँग्रेसको सँयुक्त सरकार छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds