2024-03-28

Close

अजय मिश्र/कपिलवस्तु – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हालमा बालबालिका माथि हुने हिंसाका घटना हरूको अनिवार्य रिपोटिंग सम्बंधि निर्देशिका निर्माण गर्न विद्यालय र स्वास्थ्य क्षेत्रका सरोकार वाला हरू बिच छलफल कार्यक्रम समपन्न भएको छl

कार्यक्रमको अध्यक्षता श्री राष्ट्रीय आधारभूत विद्यालय (१-५) सरफरका प्रधानाध्यापक प्रहलाद पाण्डेय, प्रमुख अतिथिमा युनिसेफ नेपालका प्रकाश कैनि, अतिथिमा स्वास्थ्य शाखा संयोजक शंकर भट्टराई, शिक्षा शाखा प्रमुख बिद्यालय निरिक्षक बलराम पन्थी रहनुभयोl

कार्यक्रममा युनिसेफ नेपालका प्रकाश कैनिले कार्यक्रमको उद्देश्य तथा बाल अधिकार लगायत बाल बालिका माथि विभिन्न क्षेत्रमा हुन सक्ने संभावित हिंसाका घटना बारेमा अनिवार्य रिपोर्टिंग सम्बंधि जानकारी, नगरपालिकाले समेत यस क्षेत्रमा दूरगामी सोच राखेर बाल बालिका माथि हुने हिंसाका घटना हरूको अनिवार्य रूपमा रिपोर्टिंग गर्न संयन्त्र निर्माण गरि योजना निर्माण गर्नुपर्ने बताउनुभयोl

कार्यक्रममा प्रशिक्षकका रुपमा रहनु भएका अधिवक्ता राजु श्रीवास्तवले बाल बालिकाको परिभाषा, यौनिकताको परिचय, हिंसाका प्रकारहरू, कार्यस्थलमा हुन सक्ने हिंसा,कानुनी आधार, कानुनी उपचार, उजुरी कसरी र कहां दिने लगायत अन्य बिषयमा बताउनुभयोl

कार्यक्रममा सहभागी हरूले विभिन्न क्षेत्रमा बालबालिका माथि हुन सक्ने संभावित हिंसा हरूको बारेमा अवगत गराइएको र अन्य बिषयमा कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा वृहत क्षलफल भएको थियो l

कार्यक्रममा शिक्षक, स्वास्थय कर्मी, पत्रकार, प्रहरी लगायत अन्यको सहभागिता रहेको थियोl

कार्यक्रम संचालन तथा अन्य व्यवस्थापन कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयोl

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds