अप्पन जनकपुर
काठमाडौं – पर्यटन मन्त्रालयका एक उपसचिव घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस रकमसहित पक्राउ गरेको हो।
नेपाललाई नक्सालस्थित आरोन रेस्टुरेन्टबाट पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।
नेपालको साथबाट ६ लाख घुस रकम र स्रोत नखुलेको १६ लाख ५० हजार रकम बरामद भएको बताइएको छ।
अख्तियार स्रोतले जनाएअनुसार ६ लाख घुस रकम नेपालको साथबाट र बाँकी रकम उनी चढ्ने गाडीबाट बरामद भएको हो।
This will close in 20 seconds