2024-04-19

Close

जनकपुरधाम २१ कार्तिक ,तीनजना चढेर तिव्रगतिमा चलाएको मोटरसाइकल जनकपुरधाम उपमहानगरपालिका गेटको अगाडी दुर्घटनामा हुँदा तिनै जना गम्भिर घाइते भएका छन् ।
भानुचोकबाट शिवचोकतर्फ जाँदै गरेको बा.७५ प ६१८७ नम्बरको पल्सर मोटरसाइकल दुर्घटनामा परी जनकपुरधाम उपमहानगरपालिका-१६ कदमचोकका २२ वर्षीय फिर्दोस खान गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

त्यस्तै अन्य घाइते हुनेहरुमा जनकपुरधाम उपमहानगरपालिका-१४ रजौलका २१ बर्षिय कृण्णा कुमार यादव र जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोकका २१ बर्षिय नविन कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए । घाइते यादवद्वयको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ ।

गम्भिर घाइते भएका खानको प्रादेशिक अस्पताल जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ। प्रहरीका अनुसार तीव्र गतीमा कुदेको उक्त मोटरसाइकल अनियन्त्रित भई डिभाईडमा ठोकिएर दुर्घटना भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds