2024-05-02

Close

नेविसंघले शिक्षा गुणस्तरको माग गर्दै देशैभरका स्थानीय तहमा बुझाए ज्ञापन

जनकपुरधाम । नेपाल विद्यार्थी संघ (नेविसँघ) ले देशैभरिको स्थानीय तहमा शिक्षा गुणस्तर वृद्धिको माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

सोही क्रममा धनुषाको कमला नगरपालिकामा समेत नेविसंघले ज्ञापन पत्र बुझाएको हो । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो ।

विहिबार कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवलाई कार्यालयमै पुगेर नेविसंघका नेता कार्यकर्ताहरुले ज्ञापन पत्र बुझाएको हो । नेविसंघको केन्द्रीय सदस्य ईन्द्रजीत गोईतको अगुवाईमा गएको टोलीले मेयर यादवलाई ज्ञापन पत्र बुझाएको हो ।

उनीहरूले विद्यालय शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्नुपर्ने, शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन गर्नुपर्ने, शिक्षा क्षेत्रको बजेट वृद्धि गर्नुपर्ने लगाएका माग राखेका छन् ।

ज्ञापन पत्रमा विद्यालयमा कार्यरत कर्मचारीलाई सरकारले तोकेको न्यूनतम परिश्रमिक भन्दा कम नहुने गरी भुक्तानी गर्नुपर्ने, वार्षिक शैक्षिक योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुपर्ने लगायत उल्लेख गरिएको हो ।

नेविसंघले १७ बुँदे माग पत्रमा प्रविधिमार्फत बालबालिकामाथि हुने उत्पीडन एवं दुर्व्यवहार रोक्न ठोस नीति निर्माण गर्नुपर्ने, लागू औषध दुर्व्यसन रोक्न ठोस नीति कार्यान्वयन गर्नुपर्ने लगायत उल्लेख छ ।

माग पत्र बुझाउने कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता जय नाथ यादव, नेपाली कांग्रेस कमला नगरपालिकाका सभापति शिव शंकर यादव, नेपाली कांग्रेसका युवा नेता मनोहर ठाकुर (भरत), कमला नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिपक कुमार गोहिबार, ओमाकृष्ण यादव, अशोक यादव, गुड्डु यादव लगाइतका नेताकार्यकर्ताहरुले सँयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds