2024-04-25

Close

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेका प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा बालरोग विशेषज्ञ डा. प्रमोद यादव नियुक्त भएका छन् । सामाजिक विकास मन्त्री नवल किशोर साहले उनलाई निर्देशकमा नियुक्त गरेका हुन् । गएको साउन १९ गतेको मन्त्रीस्तरीय निर्णयले डा. यादवलाई निर्देशकमा नियुक्त गरेको हो । निर्देशकमा डा. यादव नियुक्त भएसँगै प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, रजिष्टार डा. विनोद यादव अस्पतालको कार्यकारी भूमिकामा नरहने भएको छ । तत्कालीन मेडिकल सुप्रिटेन्डेन्ट डा. प्रमोद यादवलाई हटाएर प्रतिष्ठानका उपकुलपति डा. साह र रजिष्टार डा. विनोद यादवले अस्पतालको प्रशासन र आर्थिक जिम्मेवारी सम्हालेका हुन् । तत्कालीन मेसु डा. यादवको कार्यकक्षमा हाल उपकुलपति डा. साह र अतिथि कक्ष रहेको कोठामा रजिष्टार डा. यादव बस्दै आएका छन् । अस्पतालको निर्देशक डा. प्रमोद यादवले कार्यभार सम्हालेपछि उनीहरु साबिककै कार्यकक्षमा फर्किने अस्पताल श्रोतले बताए । प्रतिष्ठानको उपकुलपति, रजिष्टार र रेक्टरको कार्यकक्ष साबिकको मेडिकल सुप्रिटेन्डेन्टको भवनमा राखिएको छ । अहिले उपकुलपति र रजिष्टारको दुवै स्थानमा कार्यकक्ष छन् । नवनियुक्त निर्देशक डा. यादवले यसै साता कार्यभार सम्हाल्ने अस्पताल श्रोतले बतायो । उनी यसअघि पनि अस्पतालको मेडिकल सुप्रिटेन्डेन्ट भइसकेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds