2024-05-23

Close

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका भातृ संगठन लोकतान्त्रिक युवा संघ धनुषाको अध्यक्ष प्रशान्त झाले पार्टी पदबाट राजीनामा दिएका छन् । पार्टी तथा नेतृत्वसँग असन्तुष्टि पोख्दै अध्यक्ष झाले पदबाट राजीनामा दिएका हुन् ।
उनले पार्टीले संगठन सुधार र सांगठनिक निर्माणका गतिविधिहरुमा ध्यान नदिई सत्ता लिप्सामा लिन भएकोप्रति असन्तुष्टि जनाएका हुन् । उनले पार्टी नसच्चिए पार्टी नै परित्याग गर्ने चेतावनी समेत दिएका छन् । स्रोतका अनुसार उनी पार्टी परित्याग गर्ने मुडमा पुगिसकेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुक स्टाट्स मार्फत पदबाट राजीनामा दिएको जानकारी गराउदै लेखेका छन्,–‘पार्टीभित्र संगठन सुधार र सांगठनिक निर्माण गतिविधिहरु अविलम्ब अगाडी नबढे आगामी राजनीतिक यात्रा सम्पूर्ण साथीभाइ, शुभचिन्तकहरुको सल्लाह सुझाव अनुसार निर्णय लिने पनि जानकारी गराउन चाहन्छौँ ।’
मधेश आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका झा लोसपामा राजेन्द्र महतो निकट मानिन्छन् । पछिल्लो समय पार्टीप्रति असन्तुष्टि जनाउदै आएका उनले क्रमशः पार्टी नै परित्याग गर्ने मुडमा पुगिसकेका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds