मधेश प्रदेशका ८ जिल्लाबाट घुमुवा प्रहरी हटाइयो

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा घुमुवा प्रहरीका कारण सर्वसाधारणमा डर र अनियमित गतिविधि बढेको गुनासो आएपछि मधेश प्रदेश प्रहरी कार्यालयले ८ जिल्लामा कार्यरत घुमुवा प्रहरी हटाएको छ ।

प्रहरी डिआईजीका अनुसार घुमुवा प्रहरीको नाममा अवैध असुली डर देखाउने व्यापारी र सर्वसाधारणलाई दबाब दिने गतिविधि बढेको पाइएपछि प्रारम्भिक छानबिन र मूल्यांकनपछि यस्तो निर्णय गरिएको हो ।

बिज्ञापन

अबदेखि प्रहरी परिचालन स्पष्ट जिम्मेवारी पहिचान र कार्यक्षेत्रसहित हुनेछ । बिना परिचय वा आदेश फिल्डमा कुनै प्रहरी परिचालित हुने छैनन् । यदि कसैले अधिकारको दुरुपयोग वा गैरकानुनी काम गरेको पाइएमा विभागीय तथा कानुनी कारबाही गरिने चेतावनी दिएका छन् ।

स्थानीयवासीले यस कदमलाई सकारात्मक रूपमा लिएका छन् र प्रहरी संगठनप्रति जनविश्वास बढ्ने अपेक्षा गरिएको छ ।