2024-04-19

Close

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि सवै सिटमा उम्मेदवार चयन गरेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्वर १ वाट प्रतिनिधिसभाकालागि दीपक कार्कीको नाम सिफारिस गरिएको छ भने १ को ‘क’ वाट सुकेश्वर यादव र व्रम्हदेव महतो रहेका छन् । त्यस्तै ‘ख’ वाट सुरेन्द्रकुमार मण्डल, बेचन महतो, चन्देश्वर महतो र रामनरेश महतोलाई छनौट गरिएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा छनौट गरेका उम्मेदवारहरुमा प्रतिनिधि सभा तर्फ बलराम महतो, सुर्य चन्द्र यादव, गजाधर रोहिता, देब कृष्ण मण्डल र राम शंकर पासवान लाई छनौट गरिएको छ भने प्रदेशसभाको ‘क’ तर्फ शैलेन्द्र प्रसाद यादव, अरुन सिंह मण्डल र पशुपति यादवलाई उम्मेदवारको रुपमा अगाडि सारिएको छ । त्यस्तै ‘ख’ तर्फ राम अशिष यादव, राम अशिष रोहिता, बरुण यादव र देवेन्द्र यादवलाई छनौट गरिएको छ ।

त्यस्तै जसपा नेपाल धनुषा क्षेत्र न. ३ बाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको लागि ४ जनाको सिफारिस गरिएको छ । प्रतिनिधिसभाकालागि लाल किशोर साह, जितेन्द्र कुमार यादव, विजय कुमार भगत र सर्वजित ठाकुरलाई छनौट गरिएको छ । त्यस्तै प्रदेश सभा ३ को ‘क’ को लागि ३ जना अशोक कुमार यादव, प्रेम चन्द्र झा, जितेन्द्र कुमार यादव तथा प्रदेश सभा ३ ‘ख’ को लागि ३ जनालाई छनौट गरिएको छ जसमा अम्भु प्रसाद साह, विष्णुदेव साह र नवीन यादवको नाम प्रस्ताव गरिएको छ ।

त्यस्तै जसपा धनुषा निर्बाचन क्षेत्र ४ को उम्मेदवार पनि छनौट गरिएको छ । जसमा प्रतिनिधिसभाकालागि महाजन यादव र बलराम महतोको नाम प्रस्ताव गरिएको छ । ४ को ‘क’ वाट शेष नारायण यादव, बजरंग कुमार यादव, हरि नारायण यादव, बृज कुमार यादव, ज्ञानेन्द्र यादवको नाम सिफारिस गरिएको छ ।

त्यस्तै ४ को ‘ख’ तर्फ दिनेश कुमार यादव र राम नरेश महतोकाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश तर्फ समानुपातिक तर्फ उर्मिला साह, घनश्याम यादव, चमेलि देबि र सुनिता महरा सहित १४ जना र समानुपातिक प्रतिनिधिसभा तर्फ बिन्देश्वर यादव, मो साबिर राइन, प्रमिला दास सहित छ जना रहेको जनाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds