
जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाका संजु यादवको ३०औं जन्मदिनको अवसरमा शनिबार जनकपुरधाम उपमहानगरपालिका-८ सदगुरु कबिर बाल आश्रममा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
जन्मदिनको अवसरमा धनुष सागर सरसफाइ अभियानका नेतृत्वकर्ता आश्रममा आश्रित बालबालिकालाई भोजन सेवा प्रदान गर्नुका साथै स्टेशनरी सामग्री वितरण गरिएको हो ।






हाल अमेरिकामा रहनुभएका संजु यादवले आफ्नो जन्मदिनलाई सामाजिक सेवामा रूपान्तरण गर्दै बालबालिकाका लागि सहयोग गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा कापी र पेन्सिललगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै, पोषणयुक्त भोजनको पनि व्यवस्था गरिएको थियो ।
सामाजिक सेवामा सक्रिय संजु यादव विभिन्न सामाजिक कार्यहरूमा संलग्न रहँदै आएका छन् । अमेरिका बसाइका क्रममा पनि उनले नेपालको विभिन्न सामाजिक संस्थाहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् ।
सदगुरु कबिर बाल आश्रमका संरक्षक आलोक बाबाले यादवप्रति आभार व्यक्त गर्दै भने, यस्ता कार्यहरूले बालबालिकाको मनोबल बढाउने मात्र होइन, समाजमा सकारात्मक सोच र सेवा भावको विकासमा समेत टेवा पुर्याउँछ ।
संवेदनशीलता, सेवाभाव र सामाजिक उत्तरदायित्वको मिसाल बनेका यादवको यो प्रयास स्थानीयस्तरमै प्रेरणाको स्रोत बनेको छ ।