2024-03-29

Close

श्याम गुप्ता
बारा, २५ भदौ
कलवार कल्याण समिति, जीतपुर बाराको आयोजनामा कलवार समुदायको कुल देवताको रुपमा रहनुँ भएका बलभद्र भगवानको आज भव्य रुपमा सामुहिक पुजाको आयोजना गरिएको छ । सामुहिक पुजाको जजुमानको रुपमा स्थानीय कल्वार समुदायका रामबाबु प्रसाद कलवार र उहाँकी पत्नीले शोधा देवीले पुजाको अवधी भर उपवास (चौका) बसी पुजालाई पूर्णता दिलाउँनु भएको हो । प्राचिन काल देखि नैं कृष्ण भगवानका दाजु बलभद्र भगवान कलवार समुदायको कुल देवताको रुपामा रहनुँ भएको छ । बिभिन्न समुदायका श्रद्धालुहरु बलभद्र भगवानलाई बलरामको रुपमा पनि लिने गरेको बलभद्र पुजाका आचार्य पवनेश शास्त्रीले बताउँनु भयो । बलभद्रको अर्थ बारे बताउँनु हुँदै आचार्य शास्त्रीले बललाई शक्ती र भद्रलाई अन्न मानिएकको बताउँनु भयो । बलभद्र भगवानलाई भात, विषेश किसिमको दाल र पाँच प्रकारको तरकारीको भोग लगाउँने प्रचलन रहेको पनि उहाँले बताउँनु भयो । उहाँको पुजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनहरुले प्रशादको रुपमा ग्रहँण गर्ने प्रचलन पनि प्राचिन काल देखि नैं चलि आईरहेको आचार्य शास्त्रीले बताउँनु भयो । पुजा आरम्भ गर्नु अघि यो समुदायले बाजागाजा र घोडाको घोडदौल सहिँत शोभा यात्रा पनि निकालेको थियो । सयौंको संख्यामा रहेका श्रद्धालु भक्तजनहरुको सहभागितामा पुजा स्थलबाट निकालिएको शोभा यात्राले जीतपुर स्थित राजमार्ग हुँदै केराढोका, गुदरी बजार, टेंढारोड, पहाडिटोल स्थित दुर्गामन्दिर सम्म पुगेर पुनः पुजा स्थलमा फर्किएर बिधिवत रूपमा पुजा आरम्भ भएको हो ।
फुटेज

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds