अप्पन जनकपुर
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले निर्वाचन आयोगलाई सोमबार मात्रै समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउने भएको छ।
लोसपाले बन्दसूची तयारीको काम पूरा नभएका कारण सोमबारमात्रै आयोगमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउने भएको हो।
आयोगले आइतबार र सोमबार गरी दुई दिन राजनीतिक दललाई समानुपातिक निर्वाचान प्रणालीतर्फको बन्दसूची बुझाउन भनेको छ।
लोसपाका नेता केशव झाले सोमबारमात्रै पार्टीले बन्दसूची बुझाउने जानकारी दिए।
लोसपाले प्रतिनिधिसभामा समानुपातिक प्रणालीतर्फ ११० जनाको नाम समावेश गरेर बन्दसूची बुझाउने पनि उनले बताए।
This will close in 20 seconds