2022-11-26

Close

जनकपुरधाम । नेकपा एमाले परित्याग गरिसकेका गंगाराम यादवलाई झुठो आश्वासन दिएर जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पार्टीमा भित्र्याउन लागेको खुलेको छ ।

लोसपा प्रमुख सचेतक छाडेर एमालेमा प्रवेश गरेका पूर्वमन्त्री तथा प्रभावशाली नेता उमाशंकर अरगरियालाई धनुषा २ बाट टिकट दिने भएका छन् । सोही कारण टिकटका दाबेदार गंगाराम यादव एमाले छाडे र जसपा प्रवेश गर्ने बताइरहेका छन् ।

स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले गंगाराम यादवलाई टिकट दिने आश्वासन दिएका छन् । तर धनुषा २ मा सत्ता गठबन्धनको तर्फबाट काँग्रेसका रामकृष्ण यादव वा नेकपा एकिकृत समाजवादीका रामचन्द्र झाले टिकट पाउने लगभग निश्चित छ ।

यस्तो अवस्थामा जसपा अध्यक्ष उपेन्द्र यादवले धनुषा २ बाट गंगाराम यादवलाई उम्मेदवार बनाउने सम्भावना छैन । त्यसैले उपेन्द्र यादवले गंगाराम यादवलाई टिकटको लोभ देखाएर पार्टीमा प्रवेश गराउन लागेको स्पष्ट छ ।

जसपा अध्यक्ष यादवले यसअघि पार्टीमा भित्र्याएर बलराम महतोलाई समेत टिकटको लोभ दिएका थिए । पपहिले महतोलाई टिकटको लोभ देखाएर पार्टीमा प्रवेश गराए । अहिले उनलाई पाखा लगाएर अहिले गंगाराम यादवलाई टिकटको लोभ देखाएर उपेन्द्र यादवले पार्टीमा प्रवेश गराउन लागेपछि अनेक टिकाटिप्पणी सुरु भइसकेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले भोली गंगाराम यादवलाई पार्टीमा प्रवेश गराउने बुझिएको छ । अहिले गंगाराम यादवलाई टिकट पाउने जस्तो लागिरहेको छ तर अन्ततः उनी धोका खाने स्रोतको दावी छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री यादव, सन्जिब कुमार मण्डल (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर