विरगन्ज । वीरगन्ज महानगरपालिकाको ड्राईपोर्टवाट प्रहरीले तस्करीको सामान रहेको आशंकामा दुईवटा कन्टेनर सहितको ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको प्रहरी चौकी सिर्सियबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका-२५ ड्राइपोर्ट चोकबाट ना६ ख ४००६ र ना६ ख ४६०८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताउनुभयो।
वीरगन्जबाट काठमाडौं जाँदै गरेका ती दुवै ट्रकमा रहेका कन्टेनरमा सिलबन्दी नरहेको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। ती दुवै कन्टेनरबाट ३६ लाख ८८ हजार ९१ रुपैयाँ मूल्य बाराबरको कपडा बरामद गरिएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए।
सिलबन्दी नभएको शंकास्पद अवस्थामा भेटिएका कपडा सहितको ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बिहीबार राजश्व अनुसन्धान कार्यलाय पथलैया बारामा बुझाइएको जानकारी उनले दिए।