2025-06-20

Close

जनकपुरधाम । कायापलट (Kayapalat) को आयोजनामा “लोकतान्त्रिक जवाफदेहिताका लागि युवा आवाज” मूल विषयमा केन्द्रित आर्टिभिजम कार्यक्रम जनकपुरधाममा भव्य रूपमा सम्पन्न भएको छ । लोकतन्त्र, नागरिक जिम्मेवारी र सरकारको जवाफदेहितालाई कलात्मक र संवादमूलक माध्यमबाट उजागर गर्न आयोजित कार्यक्रममा युवा सहभागिता उल्लेखनीय देखिएको थियो ।

कार्यक्रमको उद्देश्य सामाजिक अन्याय, सरकारको बेवास्ता र जनताको दुःखलाई कला र सार्वजनिक संवादमार्फत उजागर गर्नु रहेको आयोजकले बताए ।कार्यक्रममा दुईवटा प्रमुख संवाद सत्र सञ्चालन गरिएको थियो। पहिलो सत्र लोकतन्त्र: सवालै सवाल, जवाफदेहिता कसको? भन्ने विषयमा केन्द्रित थियो । यस सत्रमा एमाले मधेश प्रदेशकी सांसद एवं पूर्वराज्य मन्त्री शारदा देवी थापा, राजनीतिक विश्लेषक रोशन जनकपुरी, र एकाउन्टबिलिटी ल्याब नेपालकी कार्यक्रम प्रबन्धक शुभेच्छा चापागाईं वक्ताका रूपमा सहभागी थिए । सत्रको सहजकर्ताको भूमिका कान्तिपुर दैनिकका पत्रकार कमलेश ठाकुरले निर्वाह गरे ।

दोस्रो सत्र “Gen Z काे नजरमा लोकतन्त्र” मा युवा दृष्टिकोणलाई प्राथमिकता दिइएको थियो । यस सत्रमा राजर्षि जनक विश्वविद्यालयका सहायक प्राध्यापक अशोक साह, अनुसन्धानकर्ता चाँदनी साह, युवा पत्रकार रोहित महतो वक्ता थिए भने पत्रकार दिवाकर उप्रेतीले सत्र संचालन गरे ।

कार्यक्रममा अनुहार चित्रकला, लोकतन्त्रसम्बन्धी भित्ते कला, अखबार कटिङ प्रदर्शनी लगायतका विविध कलात्मक गतिविधिहरू प्रस्तुत गरिएका थिए । यि गतिविधिहरूले जनचासोका सवाललाई दृश्यात्मक रूपले प्रस्तुत गरे, जसले सहभागीहरूलाई भावनात्मक र वैचारिक रूपमा जोड्ने काम गर्‍यो । आयोजक कायापलटका अनुसार यस कार्यक्रममार्फत युवालाई लोकतन्त्रप्रति सचेत, उत्तरदायी र अभिव्यक्तिमूलक बनाउने प्रयास गरिएको हो । युवाहरूको सिर्जनात्मक अभिव्यक्तिलाई मंच प्रदान गर्दै लोकतान्त्रिक जवाफदेहिताको आन्दोलनलाई सशक्त बनाउने अपेक्षा गरिएको छ ।

कला र संवादको समिश्रणबाट लोकतन्त्रको सवाल उठाउने यो कार्यक्रम जनकपुरधाममा प्रभावशाली रूपमा सम्पन्न भएको छ । यसले युवाहरूको सक्रियता र चेतनशीलतालाई उजागर गर्नुका साथै उत्तरदायी शासनप्रणालीको मागलाई नयाँ ढंगले प्रस्तुत गरेको छ । कार्यक्रममा विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, कलाकार र सरोकारवाला निकायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो ।      

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर