2024-07-19

Close

जनकपुरधाम । महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विकलाई मधेश आन्दोलनको क्रममा आठ वर्षअघि २०७२ भदौ २५ मा हत्या गरिएको प्रकरणमा फरार रहेका पूर्वसंघीय तथा प्रदेश सांसद कौशलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको सोनमा गाउँपालिका ५ खैरबनी घर भएका उनलाई शनिबार राति जिल्लाको सम्सी गाउँपालिका ५ पोखरभिण्डा गाउँबाट उनी पक्राउ परेका हुन् । यादव चढेको प्रदेश २–०२–००१ च. ००४५ नम्बरको महिन्द्रा पिकअप गाडीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डीएल ३ सीएवाई ८६१५ नम्बरको स्कारपियोमा ठक्कर दिँदा दुर्घटनामा परेपछि उनी पक्राऊ परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।

उनीमाथि २०७२ साल भदौ २५ मा प्रेमबहादुर विकको जाहेरीले वादी नेपाल सरकार रहेको कर्तव्य ज्यान मुद्दा अदालतमा दायर भई निज हालसम्म फरार रहँदै आएकोले निजको हकमा प्रस्तुत मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९८ बमोजिम मुल्तबीमा राखिएको हुँदा निजलाई आज आईतबार आवश्यक कारबाहीको लागि महोत्तरी जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पक्राउ परेका कौशलकुमार यादव तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट २०६४ को निर्वाचनमा महोत्तरीको क्षेत्र नम्बर ४ बाट संघीय सांसद बनेका थिए । २०७४ को निर्वाचनमा संघीय समाजवादी फोरमबाट मधेश प्रदेशसभा सदस्यमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ४ क बाट निर्वाचित भएका थिए ।

सशस्त्र प्रहरीका असई विकको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले २०८० मङ्सिर २८ मा लोसपा नेपाल मधेश प्रदेशका संसदीय दलका नेता तथा प्रदेशसभा सदस्य अभिराम शर्मासहित सात जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

त्यसैगरी अदालतले सोही मुद्दामा वर्तमान महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पवन कापरलाई सफाइ दिएको हो । पक्राउ परेका पूर्वसांसद यादवसहित १९ जनाको हकमा मुद्दा मुल्तबी राखिएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 0 seconds