2024-11-10

Close

जनकपुरधाम । सहिद रामनारायण मण्डल (मुरबल) की श्रीमती फूलो कुमारी देवीलाई नेकपा एमालेले समानुपातिक उम्मेदवार बनाएको छ ।

धनुषाको सहिदनगर नगरपालिका ६ हडबराकी फूलोलाई एमालेले मधेस प्रदेशको सांसदका लागि समानुपातिक उम्मेदवार बनाएको हो । गत असोज ३ मा एमालेले निर्वाचन आयोगमा बुझाएको सूचीमा फूलोको नाम समावेश थिएन ।

उक्त सूची सच्याएर फूलोको नाम समावेश गरेको बुझिएको छ । फूलोलाई प्राथमिकता दिएर पार्टीले बन्द सूचीमा नाम राखेको एमाले नेता सञ्जीव झा ‘सुरज’ले पुष्टि गरेका छन् ।

असोज ८ मा पूर्व मन्त्री उमाशंकर अरगरियालाई पार्टीमा प्रवेश गराउन धनुषा पुगेको बेला एमाले अध्यक्ष केपी ओली सहिद पत्नी फूलोको घर पुगेका थिए ।

तत्कालीन हडबरा गाविसका अध्यक्ष समेत बनेका कम्युनिस्ट नेता रामनारायणको ०५३ सालमा हत्या भएको थियो ‌। त्यसपछि उनको परिवार नै सखाप पार्न खोजिएपछि कान्छा छोरा अपराजय र फूलोलाई पाल्पा लगेर ओलीले जोगाएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर