2024-04-26

Close

आसन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ मा कडा चुनावी प्रतिस्पर्धा हुने भएको छ । यो क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनको काग्रेसबाट अजय चौरसिया, यो क्षेत्रका मुख्य प्रतिस्पर्धी उम्मेदवारका रुपमा देखिएका छ।

काग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौरसिया अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट झिनौ मतले पराजित भएका थिए भने जसपाको पटेल यो क्षेत्रका लागि नयाँ उम्मेदवार हुन् । ।

२०७४ को संघीय निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ मा मधेश अन्दोलनको लहरमा जसपाका बिमल श्रिवास्तवले २११७९ मत प्राप्त गरि बिजय हासिल गरेका थिए भन्ने नेपाली काग्रेसका अजय चौरसिया १९७०४ मतलाई दोस्रो स्थानमा रहेका थिए।

नेपाली काग्रेसका उम्मेदवार चौरसियाले पर्सा क्षेत्र नम्बर २ का लागि आफू परिचित ब्यक्ति रहेको, त्यहाँका मतदाताले पनि आफूलाई परिचय दिएको बताए। उनी अहिले आफ्ना एजेण्डाहरु लिएर जनताको घरघरमा पुगिरहेको छु। आफू निर्वाचित भएमा आफूले गर्ने कामहरुको बारेमा मतदातालाई बुझाउँदै घरदैलो कार्यक्रम अघि बढाइरहेको उहाले बताए।सो क्षेत्रबासिले एक चोटी मोका दिए पनि आफुले गर्नु पर्ने काम अधुरो रहेकोले अधोराकाम पुरा गर्नको लागि जनताले जिताउने आफु बिस्वस्त रहेको बताउनुभयो।

उनले भने, ‘घर टोलमा गएर भेटघाट कार्यक्रम र अन्तरक्रियात्मक कार्यक्रम चलिरहेको छ । मेरो उम्मेदवारीलाई लिएर यस क्षेत्रका मतदाताले उत्साहजनक प्रतिक्रिया दिनुभएको छ । ५ वर्ष अघिको अजय र अहिलेको अजयमा धेरै फरक पाएका छौँ भन्नुभएको छ । मेरो एजेण्डाबाट पनि प्रभावित भएको बताउनुभएको छ । यसपटक मौका दिन्छौँ भन्नुभएको छ ।’

उनले मतदाता नै सबैभन्दा शक्तिशाली रहेको उल्लेख गर्दै मतदाताले चाहे अनुसारको काम गर्ने ‘आइडिया’ र एजेण्डा लिएर आफू अघि बढिरहेको बताए । उनले आफ्ना बिचार र एजेण्डालाई मतदाताले मन पराएकाले यो पटक निर्वाचित हुनेमा विश्वस्त रहेको बताए।
नेपाली कांग्रेसका उम्मेदवार चौरसिया र जसपा नेता सुरेन्द्र कुर्मी पनि घरदैलो कार्यक्रममा व्यस्त छन् ।
चौरसियाको राजनीतिक अनुभव लामो रहेकोले क्षेत्रबासिहरुमा चिरपरिचत रहेको हुनाले जितने सम्भावना बढि देखिएको छ।
मधेशीको ठुलो दल रहेको जसपाले एमाले संग तालमेल गरेपछि केहि समुदायहरु रुष्ट रहेको हुनाले जसपाले एमाले भोट नदिने र एमालेले जसपालाई भोट नदिई आ- आफ्नो दाऊमा रहेकोले एलायन्सको भोट नजाने देखिएको जसपा र एमालेका नेताहरु नाम नछाप्ने सर्तमा बताएको छ।

साझा गठबन्धनका उम्मेदवार चौेरसिया राजनीतिक पुष्ट भुमी रहेका छन् भन्ने एमाले र जसपा गठबन्धनवाट उम्मेदवार रहेका कुर्मीको वकालत पुष्ठ भुमि रहेको हुनाले सो क्षेत्रमा चौरसिया पुरानो अनुहार रहेकोले जित सम्भावना रहेको मतदाताहरुले यस अनलाईनलाई बताएको छ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds