2024-04-28

Close

जनकपुरधाम । सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित झिलिमिलिया मन्दिरको मूर्ति तोडफोडको व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका ८ का ३३ वर्षीय राकेश बैठा छन् । बुधवार बैठालाई सर्लाही प्रहरीले पक्राउ गरी धर्म सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी कारबाही अगाडी बढाएको छ ।

सर्लाहीका प्रहरी प्रमुख एसपी श्याम कुमार महतोले घटनास्थलमा रहेको सबुत प्रमाणको आधारमा बैठालाई पक्राउ गरेको जानकारी दिए । उनका अनुसार मंगलवार राति मूर्ति तोडफोड गरिएको थियो ।

प्रहरीले जिल्ला अदालत मलंगवाबाट दिन ५ दिनको म्याद थप गरी बैठामाथि अनुसन्धान तथा कारबाही अगाडि बढाएको छ ।

मन्दिरमा मूर्ति तोडफोडको विरोधमा स्थानीयले मलंगवा बजार बन्द गराएको थियो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पु(याउने कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds