2024-04-25

Close

जनकपुरधाम, ४ भदौं । जिल्ला प्रहरी कार्यालय धनुषाबाट जर्वजस्ती करणी मुद्दाका एक अभियुक्त फरार भएको प्रकरणमा चार विद्यार्थीसहित पाँच जना पक्राउ परेका छन् ।

गत विहिवार जर्वजस्ती करणी मुद्दामा सिरहाको अर्नमा घर भएका २० वर्षीय राममणी यादब पक्राउ परेका थिए । तर अनुसन्धानका लागि मुद्दा फाँटमा लगेका बेला शुक्रवार उनी फरार भए । फरार भएपछि जस जसको मोवाइलमा उनले सम्पर्क गरे, ति व्यक्तिहरुलाई प्रहरीले कल डिटेलको आधारमा पक्राउ गरेका छन् ।

पक्राउ परेका पाँचै जना सिरहा जिल्लाकै छन् । स्रोतका अनुसार पक्राउ पर्नेमा सिरहा औरहीका प्रमेश यादब, ठैगहीका सुर्यनारायण यादब, बसपिट्टाका राजकुमार यादब र अर्नमाका रामप्रकाश यादब छन् । यि चारै जना जनकपुरस्थित एक कलेजमा ओभरसियर अध्ययनरत विद्यार्थी हुन् । पक्राउ परेका एक जना फरार यादबका भिनाजु रहेको स्रोतले जनाएको छ ।

अभियुक्त फरार भएपछि एसपीदेखि प्रहरी जवानसम्मका जागिर धरापमा परेको छ । त्यसैले यि पाँचै जनालाई पक्राउ गरेर आफ्नो गल्ती ढाकछोप गर्न प्रहरी लागेका छन् । पक्राउ परेका मध्ये तीन विद्यार्थीको अहिले ओभरसियरको परीक्षा चलिरहेको छ । तर प्रहरीले परीक्षाबाट समेत बंचित गराएका छन् ।

एक अभिभावकले भने, ‘प्रहरीले आफ्नो गल्ती ढोकछोप गर्न विद्यार्थीलाई पक्राउ गरेका छन् ।’ बलात्कार गर्ने कोही अनी मुद्दा चलाउने अरुमाथि यस्तो पनि हुन्छ– ति अभिभावकको प्रश्न छ । उनले पक्राउ गरेर अनुसन्धान गर्न सकिन्छ तर आफूहरुलाई भेट्न समेत नदिएको र भित्र अनुसन्धानको नाममा अनेक खालको टर्चर गरिरहेको गुनासो पोखेका छन् ।

पक्राउ परेका पाँचै जनाले फरार भएका यादबलाई आश्रय दिएकोले मुद्दा चलाएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए । परीक्षाबाट बंचित गर्न मिल्छ भन्ने जिज्ञासामा उनले भने– हिरासतमा पुगेपछि के के हुन्छ के के ? हिरासतमा धेरै कुराबाट बंचित हुन्छ ।’ उनका अनुसार यो प्रकरणमा धेरै प्रहरीमाथि अनुसन्धान भइरहेको र तत्कालै असई रामकुमार भण्डारीलाई निलम्बन गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds