2024-04-26

Close

जनकपुरधाम । संजय साह (टकला) को छोरा चैतन्यराज साहले रजत पदक हासिल गरेका छन् । ‘वल्र्ड इकोनमिक्स कप– २०२२’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उनले रजत पदक हासिल गरेका छन् । उच्च शिक्षा अध्ययनरत अर्थशास्त्रका विद्यार्थीहरूमाझ उक्त प्रतियोगिता गराइएको थियो ।
सोही प्रतियोगितामा व्यक्तिगतर्फत चैतन्यराज साह, रोयल कटुवाल र प्रज्वलविक्रम थापाले रजत पदक हासिल गरेका छन् । डिप कप्रिहेन्सन विधामा चैतन्य २५ औं स्थानमा छन् । उनले १८८ अंक ल्याएका थिए ।
नेपालमा भएको आन्तिरक छनौटमा उनी प्रथम भएका थिए । सोही प्रतियोगितामा सागर भट्टराई, आर्जमणी कँडेल, अनुष्का सुवेदी, जिया पोखरेल र सुप्रद तखछे श्रेष्ठले काश्य पदक जितेका छन् । फन्डामेन्टल टप ३० विधाअन्र्तगत सागरले ९४ अंक प्राप्त गरी नवौं स्थान प्राप्त गरेका छन् भने अनुष्का र प्रज्जवल १८ औं स्थानमा आएका छन् ।
सुप्रद र जियाले ८९ अंक ल्याई २५ औं स्थान हासिल गरेको वल्र्ड इकोनमिक्स कपले जनाएको छ । उच्च शिक्षा अथ्ययनरत अर्थशास्त्रका विद्यार्थीहरूमाझ गराइएको ‘वल्र्ड इकोनमिक्स कप–२०२२’ प्रतियोगितामा नेपालले यसपटक कुल ८ वटा पदक जितेको छ । व्यक्तिगततर्फ ३ रजत र ५ काश्य पदक प्राप्त गरेकोमा सामूहिकतर्फ नेपालले ७ औं स्थान हासिल गरेको छ ।
अघिल्लो प्रतियोगिताभन्दा यसपाली नेपालले सुधार गरेको छ । अघिल्लो प्रतियोगितामा नेपालले व्यक्तीगतमा ५ पदक जितेको थियो भने समूहगतमा नवौं स्थान प्राप्त गरेका छन् । कात्तिक २७ ( नोभेम्बर १३) मा सम्पन्न भएको प्रतियोगितामा ४२ देशका ५३ वटा समूह र २८६ जना प्रतिस्पर्धी सामेल थिए । तीन भागमा विभाजित प्रतियोगिता अनलाइन माध्यमबाट आयोजना गरिएको नेपाल इकोनमिक्स ओलम्पियाडका अध्यक्ष अर्जुन सापकोटाले बताए ।

अर्थशास्त्रबारे फन्डामेन्टल (आधारभूत) र डिप कप्रिहेन्सन (गहन बुझाइ तथा विश्लेषण) विधामा व्यक्तिगत रूपमा प्रतिस्पर्धा गराइएको थियो । थिंकिंङ एन्ड इन्नोभनेस (सोचाइ र नवप्रवर्तन) शीर्षकमा समूहगत प्रतिस्पर्धा भएको थियो । वल्र्ड इकोनोमिक्स कपमा विद्यार्थीहरूलाई सहभागी गराउन नेपाल इकोनोमिक्स ओलम्पियाडले भूमिका खेलेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds