2025-05-16

Close

सिरहा । सिरहाको अर्नमा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले बिहीबारदेखि सुरु गरेको ११ औं अधिवेशनमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

गाउँपालिकाले चालू आर्थिक वर्षका अधिकांश कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष अशोक यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष गाउँपालिकाका लागि विशेष हुने प्रतिवद्धता व्यक्त गरे ।

गाउँपालिकाको नीति तथा कार्यक्रम नागरिकको आकांक्षा पूरा गर्ने दिशातर्फ केन्द्रित रहेको बताउँदै यादवले नागरिकले अनुभूति गर्नेगरी कार्यान्वयन हुने बताए । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि विशेष अभियान सञ्चालन गरिने उनको भनाइ छ ।

यस्तै, पालिकाका सरकारी स्वास्थ्य संस्थाहरूलाई बैज्ञानिक ढंगले स्तरोन्नति र विकास गर्न विज्ञहरूसँग छलफल भइरहेको बताउँदै उनले अस्पताललाई ‘नागरिकको भरोसालायक’ बनाउने बताए । यसैगरी, कृषिलाई किसानका लागि गर्वलायक पेशा बनाउन पालिकाले किसानको हातमा हात मिलाएर साथ उभिने उनले जनाए ।

लैंगिक हिंसा न्यूनीकरण र दाइजो प्रचलन न्यूनीकरण उन्मुख कार्यक्रमहरू सञ्चालन गरिने, महिलाहरूमा रहेका परम्परागत सीप प्रवर्द्धन गर्नुको साथै महिला उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई सुरक्षित बसोबासको लागि संघीय र प्रदेश सरकारसँग सहकार्य गरिनेलगायतका विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिका अध्यक्ष यादवले नीति तथा कार्यक्रममा आवश्यक सल्लाह सुझावका लागि पनि सबै पक्षसँग आग्रह गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर