2024-04-28

Close

जनकपुरधाम । मधेश प्रदेशका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले सोमबार आह्वान गरेको प्रदेशसभाको पहिलो अधिवेशन बैठकबाट माघ २ गते सभामुखको निर्वाचन गर्ने मिति तय भएको हो ।

ज्येष्ठ सदस्यको हैसियतले सभाको अध्यक्षता गरेका गोविन्द न्यौपानले माघ २ गते तोकेको जानकारी गराए । प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम ७ बमोजिम सभामुखको निर्वाचन हुने छ । जसको लागि पुस २९ गते निर्वाचन कार्यक्रम सम्बन्धि सूचना पुस २९ गते जारी गर्न प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवलाई निर्देशन दिइएको छ ।

यस्तै बैठकको सुरुमा प्रदेश प्रमुख मिश्रले पठाएको अधिवेश सुरु सम्बन्धी पत्र अध्यक्ष न्यौपानेले सुनाएका थिए । बैठक सञ्चालन गर्न प्रदेशसभाको कार्यसञ्चालन नियमावली २०७५ नयाँ नबन्दासम्मको लागि अनुमोदन गरेको छ ।

बैठकमा विभिन दल तथा स्वतन्त्र सांसदहरुले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds