2024-04-29

Close

जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई युवतीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । गत भदौ ३१ गते कलेज पढ्ने साथीहरुको समूहले दुई युवतीमाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

दुई युवतीलाई भोज खान कोठामा बोलाएर सामूहिक बलात्कार गरेको घटना जानकारीमा आएपछि प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ भने घटनामा संलग्न एक आरोपी फरार रहेको प्रहरीले जनाएको छ ।

दुई युवतीमाथि सामूहिक बलात्कारको आरोपमा धनुषा जिल्लाको शहिद नगरपालिका-४ महुलिया टोलका अनिकित कुमार यादव र पर्सा जिल्लाको पटेर्वा सुगौलीका सुजित चौधरीलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीले जानकारी दिए ।

फार्मेसी परीक्षाको दोस्रो वर्षको परीक्षा उत्तीर्ण भएको उपलक्ष्यमा अनिकितकुमार यादवले दुवै युवतीलाई आफ्नो कोठामा भोज खानको लागि बोलाएका थिए । एउटै घरको माथिल्लो तल्लामा भाडामा बसेका युवती द्वय भोज खानको लागि आएपछि यादवले अन्य दुई जना साथीसँग मिलेर कोठामा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख एसपी नरेश राज सुवेदीले बताए ।

घटनामा फरार रहेका सर्लाही घर भएका अर्का एक जनाको खोजी भइरहेको एसपी सुवेदीले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds