2024-04-26

Close

जनकपुरधाम । कालीगण्डकीबाट निकालिएका दुईवटा देवशिला शनिबार राति जनकपुरधाम आइपुगेको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला बिहीबार मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजाआजा गरी जनकपुरधामस्थित जानकारी मन्दिरमा ल्याइएको हो ।

कालीगण्डकी नदीबाट ल्याइएको दुई विशाल ‘देवशिला’ लाई जानकी मन्दिरमा आज भव्यपूर्वक विशेष पूजा गरिँदै छ । सो शिलाबाट भारतको अयोध्यामा निर्माणाधीन श्रीरामजन्मभूमि मन्दिरमा भगवान रामको मुख्य मूर्ति बनाइनेछ ।

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारको शिला क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकी मन्दिरका महन्थ रामतपश्वेर दास वैष्णवलाई हस्तान्तरण गरेपछि बाजागाजा र र्‍यालीसहित सो शिला जनकपुरधाम ल्याइएको हो ।

रामको मूर्ति बनाइने शिलाको दर्शन गर्न आज जानकी मन्दिर परिसरमा भक्तजन, सरकारी निकायका प्रमुख तथा जनप्रतिनिधि, सर्वसाधारणलगायतको भीड लागेको थियो ।

गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा र गंगा पूजन गरेर शिला महन्थ दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतीकस्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गरेका थिए ।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौलका, ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३ दशमलव ५ फिट मोटाइका दुईवटा शिलाको पहिचान र क्षमापूजा भएपछि बिहीबार श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुरधाम हुँदै सोमबार अयोध्या पठाइने छ ।

शिला संकलन तथा पठाउने कार्यमा सक्रिय रहेका जानकी मन्दिरका महन्थ दासले ढुंगाबाट कुदिएर निर्माण गरिने भगवान रामको बालस्वरूप राम मन्दिरको गर्भगृहमा रहने जानकारी दिए ।

राममन्दिरमा ४ सय वटा कलात्मक पिल्लर राखिएको छ । हरेक खम्बामा १६ वटा देवीदेउताका मूर्ति कुदिनेछ ।’ मन्दिरमा ६ हजार ४ सय देवी देउताका कलात्मक मूर्तिहरु कुदिनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२० अगस्त ५ मा मन्दिर निर्माणका लागि भूमि पूजन गरेका थिए । सो भूमि पूजनपछि मन्दिर निर्माणका कार्य प्रारम्भ भएको थियो ।

सन् २०१९ मा भारतको सर्वोच्च अदालतले मन्दिर निर्माणका लागि स्वीकृति प्रदान गरेको थियो । सो जग्गा राममन्दिर निर्माण प्राप्तिका लागि १३५ वर्ष लामो कानुनी लडाइ लडिएको थियो ।

विशेष पूजामा प्रतिनिधिसभा सदस्य जुली महतो, विमलेन्द्र निधि, मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोज कुमार यादव, सभामुख रामचन्द्र मण्डल, लोसपा नेता अनिल झालगायतकाहरूको उपस्थिति थियो ।

अयोध्यासँगको जनकपुरधामको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेकाले कालीगण्डकीको शिला अयोध्या लगेर भगवान श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आएका राम मन्दिर निर्माण समितिका सचिव पंकजले बताए ।

बेनी नगरपालिकाले गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको सो शिला गण्डकी प्रदेश सरकारले मधेश प्रदेश सरकारलाई जनकपुरधाम ल्याएर हस्तान्तरण गरेको हो । जनकपुरधामबाट प्रदेश सरकारले भारतलाई हस्तान्तरण गरेपछि सोमबार अयोध्या पठाइने बताइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds