2024-04-24

Close

अप्पन डेस्क,जनकपुरधाम । अहिले नेपालमा राजनीतिक मोह बढ्दै गएको छ । राजनीतिमा आउने र केहि समयभित्रै जनताको मत लिई जनप्रतिनिधी बनेर जनतालाई नै बिर्सने क्रम बढ्दो छ । नेताहरु अहिले आफ्नो स्वार्थमै रहमाइरहँदा धनुषाका एक जना सांसद भने आफ्नो क्षेत्रलाई राम्रो बनाउने अभियानमा लागिपरेका छन् ।

धनुषाको क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित उमाशंकर अरगरिया जनताको चाहना अनुसारको काम गर्न व्यस्त छन् । प्रायः कुनै न कुनै योजनाको शिलान्यास गर्दै आएका सांसद अरगरियाले शुक्रबार एकै दिन तीन योजनाको शिलान्यास गरेका छन् ।
उनी आफनो निर्वाचन क्षेत्र अन्तर्गत शहिद नगरपालिका ३ स्थित नेपाल रेडक्रस सोसाइटी बृजलाल सुमिन्त्रा सामुदायिक आँखा उपचार केन्द्र यदुकुहाको आँखा शल्यक्रिया कक्षको शिलान्यास गरेका छन् ।

सांसद अरगरियाले यसका निम्ति आफ्नो संसदीय कोषबाट १० लाख रकमको विनियोजन गरेका छन् ।
सांसद उमाशंकर अरगरिया, नेपाल रेडक्रस सोसाइटी जानकी आँखा अस्पतालका अध्यक्ष गंगाराम यादव र शहिद नगरपालिकाका मेयर उदय कुमार बरबरियाले एक कार्यक्रम विच संयुक्त रुपमा यसको शिलान्यास गरे ।
उक्त शिलान्यास कार्यक्रममा शहिद नगरपालिका उपमेयर शिला देवि मण्डल,आखा उपचार केन्द्र यदुकूहा इन्चार्ज विनोद कुमार सहनोगियाले कार्यक्रम संचालन गरेको थिए । त्यस्तै जानकी आँखा अस्पताल जनकपुरधामका कोषाध्यक्ष संजय यादव, विभिन्न वडाका वडाध्यक्ष, समाजसेवी, बुद्धिजीवी, स्थानीयबासीको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता सहिद नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नागेन्द्र मण्डलले गरेका थिए ।
सांसद अरगरियाले शहिद नगरपालिका वडा नम्बर ७ धबौलीस्थित पलार नदीमा पुलको शिलान्यास पनि गरेका छन् ।
स्थानीयबासीलाई आवत जावतमा समस्या भएपछि सांसद अरगरियालाई स्थानीयबासीले अवगत गराएपछि यसका निम्ति उनले १५ लाख रकम आफ्नो संसदीय कोष स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमबाट छुट्याएका छन् ।
उनले धनुषाको औरही गाउँपालिका ५ हरुसाहामा धर्मशालाको पनि शिलान्यास गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds