पर्सा प्रहरीले २२ लाख ५० हजार रकम सहित अवैधरुपले वित्तीय कारोबार गर्नै २ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सावाट वीरगंजको घण्टाघरमा खटिएको चेकिङ टोलीले मंगलबार दिउँसो २:३० बजे घण्टाघर स्थित सडक खण्डमा BR05AE 9343 नम्बरको स्कुटर रोकी जाँच गर्द स्कुटरमा पछाडि बसेका एकजना बोकेको झोला भित्र ५०० सय र १०० रुपैयाको नोट गरि २२ लाख ५०हजार रुपैयाँ सहित २ जनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने बर्ष ३४ को बिकाश साह र वीरगंज महानगरपालिका वडा १८ बस्ने बर्ष १९ को सुभाष कुमार साहलाई स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँ सहित २ थान मोबाइल बरामद गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैईरहेको पर्सा प्रहरी प्रब्क्ता एवम् नायव उपरीक्षक दिपक गिरीले बताउनुभयो ।