2024-05-04

Close

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ कदमाहको एउटा गोठमा सोमबार बिहान आगलागी भएको छ । आगोले सुकदेव मण्डलको कर्कट पाताको छानो भएको र बाँसको टाटीको बेरा भएको एक तले गोठ जलेर पूर्ण रूपमा ध्वस्त भएको छ । 

गोठमा पालिएका खसीबाख्रा जलेर मरेका छन् । गोठमा बिहानका राति ३ :३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मण्डलले पालेका तीनवटा खसी, दुईवटा बाख्रा र दुईवटा पाठापाठी आगोले जलेर मरेका छन् । स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासले एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

आगलागीको कारण खुल्न सकेको छैन । आगोले गोठ, गोठभित्र रहेका खसीबाख्रा, दाउरा र काठ जल्दा दुई लाख २० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । मानवीय क्षति भएको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds