राष्ट्रिय मुक्ति पार्टीको पदाधिकारी र सदस्य चयन : अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष ३ र महासचिव ५ जना (सूचीसहित)

काठमाडौँ । राजेन्द्र महतो नेतृत्को राष्ट्रिय मुक्ति पार्टी नेपालको पदाधिकारी र सदस्य चयन गरिएको छ ।

२०२१ फागुन १२ र १३ को पहिलो केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार अध्यक्ष महतोले केन्द्रीय कार्यसमितिको पदाधिकारी र केन्द्रीय निकायको पदाधिकारी एवं सदस्य चयन गरेको मंगलबार विज्ञप्तिमार्फत जनाएका छन् ।

बिज्ञापन

अध्यक्ष, तीन वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, पाँच महासचिव, सात सहमहासचिव, दुई प्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सात जना सचिव चयन गरिएको विज्ञप्तिमा उल्लेख छ । यस्तै अध्यक्ष महतोले केन्द्रीय अनुशासन समिति, केन्द्रीय निर्वाचन समिति, केन्द्रीय लेखा परीक्षण समिति र केन्द्रीय विज्ञ समितिका अध्यक्ष, सदस्य सचिव र सदस्यहरुसमेत चयन गरेका छन् ।

(सूचीसहित)