नेपाल पत्रकार महासंघ बाराको कार्यालयमा एतिहासिक आन्दाेलन, कार्यालयमा तालाबन्दी

श्याम गुप्ता
बारा । नेपाल पत्रकार महासंघ, बारा शाखाकाे कार्यालयमा आईतवारबाट एतिहासिक आन्दाेलन सुरू भएको छ ।
पछिल्लाे समय बारा शाखाकाे कार्यालयमा प्रेस यूनियन लगायत अन्य संगठनहरूले पटक-पटक आन्दोलन गर्दै आएकोमा ईतिहास मैं पहिलाे पटक प्रेस चाैतारी नेपाल, बारा शाखाले सदस्यताकाे विषयलाई लिएर आइतवार नेपाल पत्रकार महासंघ बारा शाखाको कलैयाकाे माेतवाग स्थित कार्यालयमा तालाबन्दी गरेको हाे ।
केन्द्रिय निर्वाचन समितिले शनिवार राती सार्वजनिक गरेको सदस्यता नामावलीमा असन्तुष्टी जनाउँदै चौतारी बाराले तालाबन्दी गरेको हो ।
शुद्धिकरणका नाममा सक्रिय पत्रकारलाई पाखा लगाएर केही निष्क्रिय व्यक्तिलाई समावेश गर्दै नामावली सार्वजनिक गरिए पछि चौतारी बाराले आपत्ति जनाएको छ ।
महासंघको शुद्धिकरण अभियानको सुरुवात देखि सहकार्य गर्दै आए पनि अन्तिम समयमा छलफल नैं नगरी एकलौटी र एकतर्फी ढंङ्गले गैर पत्रकारको समावेश गरी नामावली सार्वजनिक गरेको भन्दै चौतारी बाराले विरोध गरेको हो ।
महासंघको कार्यालयमा तालाबन्दी गर्दै चौतारी बाराले विज्ञप्ति जारी गरेर शुद्धिकरणका नाममा सक्रिय पत्रकारलाई पाखा लगाउँने गरी आएको नामावली सच्याउँन माँग गरेको छ ।
बाराका अध्यक्ष दिवाकर भण्डारी र सचिव जिउत प्रसाद यादवद्वारा जारी विज्ञप्ति मार्फत चौतारीले सक्रिय पत्रकारलाई पाखा लगाएर गरिएको शुद्धिकरणको कुनैं औचित्य नरहेको उल्लेख गर्दै उक्त नामावली सच्याउँन माँग गरिएको छ ।
पत्रकारितामा सक्रिय रहेका व्यक्तिलाई पाखा लगाएर गर्न लागिएको निर्वाचनमा सहभागी नहुँने उल्लेख गर्दै चौतारीले सक्रिय पत्रकारलाई समावेश नगरे सम्म तालाबन्दी नखुल्ने समेत जनाएको छ ।
चौतारीले आँफूहरुको माँग पूरा नभए सम्म बारामा पत्रकार महासंघको निर्वाचनको प्रक्रिया अगाडि नबढाउँन आग्रह गरेको छ, भने जबरजस्ती निर्वाचन गर्न खोजिए त्यसको प्रतिकार गर्ने समेत चेतावनी दिएको छ ।
चौतारी बाराका अध्यक्ष भण्डारीले पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीलाई निर्वाचनको प्रक्रिया अगाडि नबढाउँन ध्यानाकर्षण समेत गराएका छन् ।
अध्यक्ष भण्डारीको नेतृत्वमा महासंघको कार्यालय पुगेका प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्याय, नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष लक्ष्मी साह, प्रेस चौतारी नेपालका केन्द्रीय पार्षद् पुष्पराज खतिवडा, नेपाल पत्रकार महासंघ बाराका सचिव अनिल गौरव, सहसचिव दुष्यन्त चौधरी, कोषाध्यक्ष श्याम गुप्ता, कार्यसमिति सदस्य पन्नालाल दास, चौतारी बाराका सचिव जिउत यादव, सहसचिव इन्दिप कोईराला, कोषाध्यक्ष थानेश्वर सापकोटा, सदस्य धिरेन्द्र तिवारी लगायतकाले तालाबन्दी गरेका हुँन् ।

बिज्ञापन