2024-04-25

Close

भारत । यही अगस्ट १३-१५ सम्म भारतको पौराणिक तथा ऐतिहासिक सहर खजुराहोमा सम्पन्न युवा तथा विद्यार्थीको विश्व सम्मेलनमा नेपाल, लोसपा नेपाल र लोकतान्त्रिक युवा संघ संगठनलाई प्रतिनिधित्व गर्दै युवा नेता प्रशान्त झा नेपाल फर्किनुभएको छ। कार्यक्रमको क्रममा भाजपाका नेताहरु, विभिन्न देशका अन्तराष्ट्रिय विद्यार्थीहरु, भारतमा अध्ययनरत नेपाली तथा WOSY को संचालक समिति तथा अखिल भारतीय विद्यार्थी परिसद्का विभिन्न नेता तथा कार्यकारिणी व्यक्तित्वको साथ भएको भेटघाट फलदायक रहेको कुरा उहांले बताउनुभयो।

भाजपाका प्रभावशाली नेता तथा संस्कृति, पर्यटन तथा विकास मन्त्री किसन रेड्डी, खजुराहोका सासंद भिडी शर्मा, भारतका लागि नेपाली राजदुत डा. शंकर प्रसाद शर्मा, ए.भि.वि.पि को संगठन मन्त्री कुमारी निधि त्रिपाठी तथा WOSY का अध्यक्ष नितिन शर्माको मुख्य उपस्थितिमा उक्त कार्यक्रमको उद्घघाटन भएको थियो। ‘कल्चर तथा सेयर्ड सस्टेनएवल फिउचर’ नाम रहेको उक्त सेमिनारमा मुख्य वक्ताको रुपमा अखिल भारतिय राष्ट्रिय शैक्षिक संगठनका नेसनल ज्वाइन्ट सेक्रेटरी श्री जि लक्ष्मण, TV9 डिजिटलकी सह-संपादक प्रियंका डियो, प्रतिष्ठित प्राध्यापक, नवाचार र उद्यमशीलता, MICA का निर्देशक प्रा शैलेन्द्र राज मेहता , WOSY को पूर्व उपाध्यक्ष डा एच लुसी गेस्ट, जर्मन अथप मारिया वर्थ रहनुभएको थियो।

“नेपाल भारतको महत्वपूर्ण छिमेकी हो र शताब्दीयौंदेखिको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहेकाले बहुआयामीय द्विपक्षीय सम्बन्ध छ। भारत र नेपाल हिन्दू र बौद्ध धर्मको सन्दर्भमा समान सद्भाव राख्छन। बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा अजवस्थित छ। माता सिताको जन्म भूमि जनकपुर हो । भारतका लागि नेपाली राजदुत शंकर प्रसाद शर्माले यी दुबै धार्मिक स्थलको बिकास गर्न जोड दिनु भयो ।

दुई देशले खुला सिमाना र मानिसहरूको निर्बाध आवतजावत मात्र गर्दैनन्, उनीहरुबीच विवाह र पारिवारिक सम्बन्धको माध्यमबाट पनि घनिष्ठ बन्धनहरू छन्। आजको आवश्यकता सिमाको क्षेत्रीय राष्ट्रवादमा अल्झिनुभन्दा शान्त संवादको लागि आधार तयार गर्नु हो छिमेकी राष्ट्र भारत यसमा संवेदनशील र उदार साझेदार हुन आवश्यक छ” झा भन्नुहुन्छ। विगत लामो समयदेखि लोसपा नेपाल भातृसंगठन लोकतान्त्रिक युवा संघ संगठनमा आबद्ध रहेका झा, लोकतान्त्रिक समाजवादी पार्टी भित्र पनि प्रतिभाशाली युवा नेताको रुपमा उनी उदियमान् छन्।

नेपालको प्रतिनिधिमण्डलको संयोजकको रुपमा प्राज्ञिक विद्यार्थी परिसद् नेपालको राष्ट्रिय महासचिव छितराज न्यौपाने रहनुभयो थियो भने राप्रपाको युवा नेता अभिविन्द खनिया, अखिल क्रान्तिकारीका उपाध्यक्ष नारायण खनाल, लोयुसंका युवा संयोजक प्रशान्त झा लगायत अन्य ५ नेपाली विद्यार्थीको उपस्थिति रहेको थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds