2024-04-27

Close

श्याम गुप्ता
बारा, ९ चैत । जगदम्बा १३ औं जीतपुरसिमरा गाेल्डकपकाे उदघाटन खेलमा आज बेलुकी आयाेजक नवजनजागृती युवा क्लब र भरतपुर फुटबल क्लब चितवन बिच प्रतिश्पर्धा हुँने भएको छ ।
मोफसल कै प्रतिष्ठत फुटबल प्रतियोगिताको रुपमा स्थापित जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकप आज बेलुकीबाट सुरु हुँन लागेको हाे । आयनेजकका अनुसार सिमरा रंगशालामा साँझ ५ः३० बजे प्रतियोगिता सुरु हुँने छ ।
फ्लड लाईटमुनी हुँने प्रतियोगिताको उद्घाटन बारा क्षेत्र नं.४ का प्रतिनिधिसभा सदस्य एवंम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले गर्ने भएका छन् ।
चैत्र १८ गते सम्म सञ्चालन हुँने प्रतियोगितामा “ए” डिभिजन पाँच सहिँत १० टिमको सहभागिता रहँने छ । आयोजकका अनुसार प्रतियोगितामा एनआरटी, नेपाल एपीएफ क्लब, चर्च ब्वाईज युनाइटेड, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, बिरगंज युनाइटेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, भरतपुर फूटबल क्लब र आयोजक सहभागी हुँने छन् । एनआरटी प्रतियोगिताको साविक विजेता र एपीएफ उपविजेता हो ।
जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगी र जगदम्बा स्टिल्स् प्रालि मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्ने छन् । विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, मिडफिल्ड, डिफेन्स, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोल कर्ताले जनही २० हजार प्राप्त गर्ने छन्, भने उदयीमान खेलाडीले नगद १५ हजार रूपैयाँ प्राप्त गर्ने छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds