2024-03-28

Close

जनकपुरधाम । मधेश प्रदेश सरकारले मन्त्रालयहरुको नाम हेरफेर तथा समायोजन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्य विभाजन नियमावली २०७९ को अनुसूचीमा हेरफेर गर्दै मन्त्रालयहरुको नाम समायोजन गरेको हो । सरकारले पहिले नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ मन्त्रालय तोकेको थियो । उक्त संख्या यथावत राख्दै मन्त्रालयहरुको नाम हेरफेर तथा समायोजन गरिएको छ ‌।

मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय कायम राखिएको छ ।

उद्योग, पर्यटन तथा वन मन्त्रालयको नाम परिवर्तन गरी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय राखिएको छ ।

खानेपानी तथा उःर्जा विकास मन्त्रालयको नाम परिवर्तन गरी ऊर्जा, सि‌चाइ तथा खानेपानी मन्त्रालय बनाइएको छ ।

गृह तथा सञ्चारमा कानून थपेर गृह, सञ्चार तथा कानून मन्त्रालय बनाइएको छ । उद्योगलाई हटाएर वन तथा वातावरण मन्त्रालय कायम गरिएको छ ।

त्यस्तै सामाजिक विकास मन्त्रालयबाट शिक्षा तथा समाज कल्याण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको छ ।

अब महिला, बालवालिका तथा खेलकुद मन्त्रालय रहने छैन । उक्त मन्त्रालयको सट्टा श्रम तथा यातायात मन्त्रालय बनाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds