विपिन यादव
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं.६ तिनकौरिया चोकस्थित श्री जनता नमुना प्राविधिक माध्यमिक विद्यालयका गिद्धा बेलापट्टीका प्रधानाध्यापक पवन कुमार मण्डलको सहकार्य र ईलाका प्रहरी कार्यालय यदुकुहाको आयोजनामा संचालित सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी विद्यालय कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा सोही विद्यालयको कक्षा ११–१२ मा अध्यनरत ४०० भन्दा बढि विद्यार्थीहरु उपस्थिती रहेको थियो ।
कार्यक्रममा आधारभुत सुरक्षा, सडक सुरक्षा, बालविवाह, साइबर अपराध, बालबालिका विरुद्धको अपराध सामजिक सञ्जालको सुरक्षित प्रयोग यसमा हुन सक्ने अपराध तथा कानुनी व्यवस्थाको साथै दिनानुदिन बढ्दै गैरहेको लागुऔषध दुवर्यसनीका असर यसबाट बच्ने उपायहरु तथा न्युनिकरणका लागी ब्यक्ती, परिवार, समाज र सरोकारवाला निकायको भुमिका लगायत विषयमा ईलाका कार्यालय यदुकुहाको प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) चन्द किशोर साहले प्रस्तुतिकरण गरेका थिए ।