2024-04-26

Close

काठमाडौं । राष्ट्रिय एकता अभियानले जानकी मन्दिरमाथि इस्लामिक अतिक्रमण भएको भन्दै प्रदर्शन गरेको छ ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा ललितपुरस्थित दमकल चोकदेखि रैली निकली मुस्लिम आयोगको अगाडि पुगेर प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा अभियानका अभियन्ताहरुले जानकी मन्दिरसँगैको जामे मस्जिद भत्काउ, मुस्लिम आयोग खारेज गर, इलस्लामिक अतिक्रमण बन्द गर, जानकी मन्दिर घेर्ने मुस्लिम बस्ती हटाउ, जिहादी आतंकवाद मुर्दावाद र हिन्दु एकता जिन्दावाद, समीम मियालाई कारबाही गर लगायतका नारा लगाएका थिए ।

कोण सभामा परिणत भएको प्रदर्शनमा अध्यक्ष यादवले पछिल्लो समय नेपालमा जिहादी गतिविधि बढेको आरोप लगाए। उनले भने, ‘हिन्दुहरुमाथि मुस्लिमहरुले ज्यादती गरिरहेका छन्, तीन दिनअघि राम नवमीको अवसरमा जनकपुरमा निकालिएको शोभा यात्रामा मुस्लिमहरुले ढुंगामुढा गरेका थिए, जसले प्रष्ट हुन्छ की नेपालमा जिहादी गतिविधि बढेको छ।’

सोही क्रममा मुस्लिम आयोगले उक्त विषयलाई लिएर झुठो प्रेस विज्ञप्ति निकालेको आरोप उनको रहेको थियो। उनले भने, ‘मुस्लिम आयोगले मुस्लिम समुदायको बचाउमा प्रेस विज्ञप्ति निकालेको हो, यसले समाजिक सदभावमा असर पुर्‍याएको छ।’

प्रदर्शनमा राष्ट्रिय विद्यार्थी परिषदका महासचिव पप्पू यादव, अभियानकी सदस्य मिना देवी, दिवस पटेल लयायत सयौँको संख्यमा अभियन्ताहरु सहभागी थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds