2024-04-25

Close

श्याम गुप्ता
बारा, २६ चैत
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्थापीत भनिएका पार्टीहरुको झण्डा, नाम, चुनाव चिन्ह गाउँ गाउँ सम्म पुगे पनि पार्टीको नारा बिचार सिद्धान्तले गाउँको समस्या अंकमाल गर्न नसकेको बताएका छन् ।
आइतवार बारा क्षेत्र नम्बर २ को चुनाबी सभालाई सम्बोधन गर्न आएका सभापति लामिछाने सिमरामा आयोजित पत्रकार सम्मेलनमा पार्टीहरु देश भात्र नभई बिदेश फैलिए पनि त्यस्ता पार्टीहरुले आम मान्छेलाई छुन नसेके पछि आँफुहरु उपस्थित भएको बताए ।
बाईट : रवि लामिछाने
सभापति लामिछानेले वर्तमान परिस्थितीमा राजनीतीलाई सुद्धिकरण गर्दै अगाडी बढ्ने अभियानमा आफ्नों पार्टी रहेकोले समाजमा स्थापित राजनीती दलको उद्देश्य जनता प्रति उत्तरदायी नबन्दा राजनीती गलत ब्याख्याको शिकार भएकोले आफ्नों दल जनता प्रति शमर्प्रित रहँने हाल सम्मको निर्वाचित सांसदहरुको प्रतुतिले प्रष्ट पारेको बताए ।
बाईट : रवि लामिछाने
घण्टी बजाएर थालिएको राजनीतीक बिद्रोह मुलुकलाई ट्रयाकमा ल्याउँन युवाहरुको बिद्रोह भएकोले घण्टीको पवित्रता नैं भरोसाको आधार रहेको नेपाली समाजले बुझेको लामीछानेले बताए ।
एक फरक प्रशंङ्गमा लामीछानेले राजनीतीक दलहरुले आँफु भित्रको आन्तरिक लोकतन्त्रलाई महत्व नदिई कार्यकर्ताले बलियो बनाएको क्षेत्रमा नेताले आँफु निकट टिकेलाई उम्मेदवार पठाउँने र दलहरु मिलेर जिताउँने सिन्डिकेट बनाएको प्रति जनता सचेत बन्नु पर्ने बताए ।
बाईट : रवि लामिछाने
मधेसी नेताहरुले यहाँका मुद्दालाई प्रचार गर्ने र भजाउँने आधार बनाउँदै आएको स्थानीयहरुले बुझिसकेकले अब मधेशी जनता कसैले झुक्याउँन नसक्ने बताउँदै लामीछानेले उपनिर्वाचनको तीनै क्षेत्रमा  राष्ट्रिय स्वतन्त्र पार्टी बलियो रहेको जानकारी गराए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा बारा निर्वाचन क्षेत्र नम्बर २ को विकासको लागि काम गर्ने भएकाले उम्मेदवार स्थानीय हुँनु वा बाहिरको हुँनुले खास फरक नपर्ने लामिछानेको भनाई छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बारा क्षेत्र नम्बर २ मा चुनावी सभा आयोजना गरेको छ । चुनावी सभामा भाग लिन सो पार्टीका सभापति सहिँत केन्द्रीय स्तरमा नेताहरू बारा आइपुगेका हुँन् ।
फुटेज ईमेल मैं छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds