2024-04-29

Close

विगतमा खुलाइएका विज्ञापनहरुको परीक्षा सन्चालन नगर्ने, आवेदन दस्तुर पनि फिर्ता नदिने तर पटक–पटक नयाँ विज्ञापन खुलाउने गरेको भन्दै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आलोचना भइरहेको छ ।

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले मातहतको प्रदेशिक अस्पताल जनकपुरको कर्मचारीको लागि १ साउन २०७९ मा विज्ञापन खुलायो । मेडिकल अंकोलोजिस्ट (नवौं तह) देखि कार्यालय सहयोगीसम्म ३५ पदमा ५० जना कर्मचारीको लागि आवेदन मागेको थियो । १५ सयभन्दा बढीले आवेदन दिए । आवेदन दस्तु १५ सयदेखि ५ सय रुपैयाँसम्म थियो ।

केही पदमा भर्ना लिइयो । तर एचए, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी जस्ता पदमा भर्ना नै लिइएन । चुनावको आचारसंहिता लागेपछि त्यसबेला केही पदमा भर्ना रोकिएको प्रतिष्ठानका रजिस्टार डा. विनोद यादव बताउँछन् ।

तर अहिलेसम्म त्यसको भर्ना लिइएको छैन । नत प्रतिष्ठानले उम्मेदवारको दस्तुर नै फिर्ता गरेको छ । ‘विज्ञापन खुलाएपछि भर्ना लिनुपर्थ्यो, कि त दस्तुर फिर्ता गर्नुपर्थ्यो । तर केही गरेन । विज्ञापन खोलाएर हामी जस्ता वेरोजगारलाई थप लुट्नेकाम मात्रै प्रतिष्ठानले गर्यो’ कार्यालय सहयोगीमा दरखास्त दिएका धनुषाको हंसपुर नगरपालिका–६ का २७ वर्षीय परमेश्वर मण्डल गुनासो गर्छन् ।

त्यो विज्ञापनका बाँकी पदमा भर्ना नलिँदै प्रतिष्ठानले एक वर्षपछि १० असोज २०८० मा फेरि अर्को करार सेवाका लागि दुईवटा विज्ञापन आह्वान गरेको थियो ।

अस्पतालका कन्सल्ट्यान्ट चिकित्सक, चिकित्सक, मेडिकल ल्याब टेक्निसियन, स्टाफ नर्स, कम्प्युटर इन्जिनियर, कानुन अधिकृत लगायत विभिन्न पदमा ६५ जना कर्मचारीका लागि विज्ञापन खुलेको सूचना प्रकाशित गरेको थियो । आवेदन दस्तुर ५ सय रुपैयाँदेखि १५ सयरुपैयाँसम्म तोकिएको थियो ।

रजिस्ट्रार यादवका अनुसार यी दुई विज्ञापनमा करिब ३ सय जनाले दरखास्त दिएका छन् । यो विज्ञापनको भर्ना पनि हलासम्म लिइएको छैन ।

त्यसबेला प्रतिष्ठान उपकुलपति विहीन हुँदा मुख्यमन्त्री कार्यालयले दीर्घकालीन असर पर्ने काम नगर्न पत्र पठाएपछि भर्ना रोकिएको तत्कालीन डीन एवम् वर्तमान उपकुलपति डा. अंकुर साह बताउँछन् ।

२५ चैतमा फेरि प्रतिष्ठानले प्रादेशिक अस्पताल जनकपुरका लागि विगतको झैं विभिन्न पदमा ७६ जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ । आवेदन दिने म्याद आगामी १ वैशाखसम्म छ । यो विज्ञापनमा पनि आवेदन दस्तुर ५ सय रुपैयाँदेखि १५ सयसम्म तोकिएको छ ।

विगतमा गरेका विज्ञापनहरुको भर्ना नलिएर फेरि नयाँ विज्ञापन गरेको भन्दै प्रतिष्ठानको आलोचना भइरहेको छ । बेरोजगारबाट पटक-पटक दस्तुर लिएर फारम भराउने, तर भर्ना नलिएर थप पीडित बनाउने काम प्रतिष्ठानले गरिरहेको स्थानीयको गुनासो छ ।

२०७९ साउनकै विज्ञापनमा एचए पदमा दरखास्त दिएका धनुषाको शहीदनगर नगरपालिका ८ विसरभोराका विवेक रोहिता यादवले विगतमा गरेको विज्ञापनको भर्ना नलिएर पछि अन्य विज्ञापन खुलाउनु प्रतिष्ठानले गलत गरेको गुनासो गरे ।

‘मात्र विज्ञापन गर्ने काम मात्र प्रतिष्ठानले गरिरहेको छ । विगतमा गरेको विज्ञापनको पहिला भर्ना लिनुपर्थ्यो नि !’ उनी भन्छन् ‘अहिले फेरि विज्ञापन गरेछ । भर्ना कहिले लिने निश्चित छैन । यसरी ठग्ने काम ठीक होइन ।’

२५ जेठमा प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. रामकेवल साहको निधन भएपछि मुख्यमन्त्री सरोज कुमार यादवले रिक्त पदमा डा. अंकुर साहलाई नियुक्त गरेका थिए । नवनियुक्त उपकुलपति साहले विगतमा भएका विज्ञापन अनुसार यसपटक सबैको भर्ना लिने बताए । ‘विगतमा भएका विज्ञापन निरन्तर रहन्छ । विगतका दरखास्तकर्ताले फेरि भर्नु पर्दैन । यसअघि भएको विज्ञापनको लागि छुटेकाहरुका लागि मात्र एक हप्ता समय थप गरेर विज्ञापन गरिएको हो, यसपालि विगतमा छुटेका सबै विज्ञापनको भर्ना हुन्छ,’ उनले भने ।  साभार : अनलाइनखबर

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds