2024-04-20

Close

कलैया : बारा २ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव हार्ने निश्चित भएपछि लोसपा अध्यक्ष महन्थ ठाकुर पञ्छिएका छन्।

पाँच दलीय गठबन्धनमा लोसपा अध्यक्ष ठाकुर रहेपनि विहीबार गढीमाईमा आयोजित गठबन्धनको सभामा ठाकुर पुगेनन् । लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सभालाई सम्बोधन गर्ने प्रचार गरिएको थियो। तर अन्तिम समयमा ठाकुरले अस्वीकार गरेका थिए ।

लोसपाका एक वरिष्ठ नेताका अनुसार पार्टी तथा विभिन्न संस्थाहरुले गरेको सर्वेक्षणमा उपेन्द्र यादवको हार निश्चित देखिन्छ । ‘ठाकुर जी त्यो सभामा गएर पनि उपेन्द्र यादव जित्ने सम्भावना रहँदैन।’ लोसपाका उक्त नेताले भने,‘बारा २ का स्थानीय नेता कार्यकर्ताहरुले सीके राउतले जित्ने भनेको छ।’

ठाकुर निटक श्रोतका अनुसार महन्थ ठाकुर जीवनको उतरार्धमा रहेकोले उनी विवादमा पर्न नचाहेको हो।
निर्वाचनअघि उपेन्द्र यादवले जसपाबाट महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरुलाई कारवाही गरेर निकालेको थियो।

उपेन्द्र यादवको पार्टी विभाजन हुन लाग्दा तत्कालिन राजपाले एकीकरण गरी उपेन्द्र यादवलाई बचाएको थियो । तर, त्यसको केही दिनमै पार्टी कब्जा गरेर उपेन्द्र यादवले राजपाका नेताहरुलाई पार्टीबाट निकालेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds