जनकपुरधाम । पोखरामा भएको विमान दुर्घटना घटनाप्रति नेकपा एमाले नेता उमाशंकर अरगरियाले दु:ख व्यक्त गरेको छ ।
नेकपा एमालेका नेता उमाशंकर अरगरियाले घटनाप्रति दु:ख जनाउँदै प्रभावकारी उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् ।
‘काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खवरले स्तव्ध भएको छु । यस दु:खद् र त्रासदीपूर्ण दुर्घटनाको तत्कालै प्रभावकारी रुपमा उद्दार कार्य अघि बढाउन नेपाल सरकारसँग अनुरोध गर्दछु ।
एमाले नेता अरगरियाले पोखरामा विमान त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले दु:खी बनाएको भन्दै । दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली जनाएका छन् । दुर्घटनाको प्रभावकारी उद्दारका लागि अरगरियाले सरकारसँग आग्रह गरेका छन् ।