2024-03-28

Close

जनकपुरधाम । कुमारी आमा भनेर चिनिने महोत्तरीकी निहारिका सिँह राजपुतले जहर (विष) सेवनको नाटक गरेकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ विषहराचोक स्थित रहेको रहेको मिट क्याम्पसको छेउमै डेरा बस्दै आएकी निहारिकाले विष सेवनको नाटक गरेको खुलेको छ ।

दिउँसो गेँट खोलेर बेडमा बिष खाएको नाटक गरेकी निहारिकालाई प्रहरीले आफ्नै गाडीमा बोकेर अस्पताल पुरयाएको थियो । उनी डेरामा अचेत अवस्थामा फेला परेकी थिइन।

स्थानीयले निहारिका डेरामै छटपटाइरहेको भनेर प्रहरीलाई खबर गरेका थिए । डेरामा बस्ने छिमेकीलाई निहारिकाले ‘मलाई विष खुवायो’ भनेर अन्तिम शब्द बोल्दै ढलेको नाटक गरेकी थिइन् । तर जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमले उनले विष नखाएको बताए ।

‘विष सेवन गरेको आशंका गरिएको थियो तर अस्पतालले त्यस्तो केही छैन, अवस्था सामान्य छ’,डीएसपी गौतमको भनाइ छ । निहारिकाले करिब तीन महिनाअघि शिवराजसँग विवाह गरेकी थिइन् । स्रोतकाअनुसार निहारिका र शिवराजको सम्बन्ध बिग्रिन थालेपछि उनले यस्तो नाटक गरेकी हुनसक्छिन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds