2024-05-01

Close

जनकपुरधाम । धनुषामा अन्लाईन अमेरिकन टलविन लाइफ नेटवर्किङ व्राउजरबाट ठगी गर्ने ६ जनालाई पक्राउ गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी ६ जनालाई सार्वजनिक गरेको हो ।उनीहरूले अमेरिकन टलविन लाइफ नेटवर्किङ व्राउजरबाट एक हजार ९१ जनालाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सो व्यक्तिहरूबाट चार हजार ५०० नेपाली रुपैयाँको दरले करिब ४९ लाख ९ हजार ५०० रुपैयाँ रकम ठगी गरेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले जानकारी दिए ।

प्रतिव्यक्तिबाट ३० रुपैयाँ अमेरिकी डलर लिएर चयनमा जोड्ने र अन्य व्यक्तिलाई पनि नेटर्वकिङमा आबद्ध हुन उनीहरूले प्रलोभन दिने गरेका थिए । सोवापत पहिलो व्यक्ति प्रत्यक्ष सदस्य बनाउनेले ५० प्रतिशत कमिसन आउने गरेको थियो भने बाँकी कम्पनीलाई जान्थ्यो ।

प्रहरीले धनुषा विदेह नगरपालिका–१ का ४० वर्षीय संजिव भिनवार यादव, कमला नगरपालिका–३, लग्माका २५ वर्षीय रंजित नुनिया, जनकपुरधाम उपमहानगरपालिका–१७ का ३३ वर्षीय अन्देश महतो, जनकपुरधाम–१६ का पप्पु पूर्वे, वडा नम्बर १२ का ४८ वर्षीय उसवान अन्सारी र सोही ठाउँका २० वर्षीय मोहमद जिलानी साफीलाई पक्राउ गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds