2024-04-28

Close

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत विरुद्ध साइबर ब्यूरोमा दिएको उजुरी फिर्ता दिएका छन् । गहृमन्त्री श्रेष्ठको आदेशमा चौतारीका अध्यक्ष बस्नेत विरुद्ध साइबर ब्यूरोमा ठाडो उजुरी परेको थियो ।

अध्यक्ष बस्नेतलाई साइबर क्राइममा फाउन लागेको भन्दौ प्रेस चौतारीको देशभरका शाखा तथा अन्य पत्रकारका संघ/संगठनबाट चर्को विरोध भएको थियो । तर, अध्यक्ष बस्नेतलाई फेसबुकमा अभिव्यक्ति दिएकै कारण दर्ता भएको उजुरी शनिवार मन्त्री श्रेष्ठले फिर्ता लिएका हुन् ।

बस्नेत विरुद्धको उजुरी प्रति देशभरबाट क्रियाशिल पत्रकारहरुको संघ/संस्थाहरुले चर्को विरोध जनाए थिए । देशभरबाट चौतर्फी दबाब सृजनाभएपछि गहृमन्त्री श्रेष्ठ पछि हटेका हुन् । शनिबार बिहान अध्यक्ष बस्नेतसहितको टोलीलाई मन्त्रीले श्रेष्ठले बोलाएर छलफल भएको थियो । गृहमन्त्री श्रेष्ठ र अध्यक्ष बस्नेतबीच अहिलेसम्मको असहमतिको अन्त्य गर्ने सहमति भएको हो ।

सो सहमतिपछि प्रेस चौतारीले तय गरेको सम्पूर्ण आन्दोलनको कार्यक्रम स्थगित भएको प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विष्णु तारुकेले बताए । प्रेस चौतारी बागमती प्रदेश इन्चार्ज समेत रहेका तारुकेले भने,– ‘हाम्रो अध्यक्ष विरुद्ध गृहमन्त्रीले साइबर ब्यूरोमा दिएको उजुरी फिर्ता लिनुभएको छ । अहिलेसम्म भएका असहमतिको अन्त्य गर्ने निचोड आएको छ । हाल हामीले तय गरेका आन्दोलनका सबै कार्यक्रमहरु स्थगित भएका छन् ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds