2024-12-02

Close

वीरगन्ज  ५ आषाढ

सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको बिओपीको  संरक्षणमा पर्साको ग्रामीण भेगका नाकाहरु बाट व्यापकरुपमा तस्करी फस्टाएको छ। पर्साको ग्रामीण भेगमा पर्ने नाका प्रसौनीनाकाबाट व्यापक रुपमा तस्करीको लाइन खुलेको छ ।सिमानाकामा  खटने सशस्त्र प्रहरीको मिलोमतोमा लत्ताकपडा, कबाड, हाडयेवर, रजनिगंधा, राजनिवास,र भैसिको ठूलो मात्रामा  तस्करी हुँदै आएको हो।सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक राधेशयाम धिमालले सिमानाका चेकिङ्ग टोली खटाई सर्वसाधारण जनतालाई विभिन्न किसिमको चेकजाँचको बहानामा दु:ख दिई तस्करीमा कडाई गरेको ढोल पिट्दै हिडे पनि  वीरगंजको छेउछाउमा रहेका  केही नाकाहरुमा तस्करीमा कडाई गरेको नाटक गरि ग्रामीण भेगको नाकाहरुबाट व्यापकरुपमा तस्करी लाईन दिएको स्रोतले जनाएका छन।सशस्त्र प्रहरी बल १३ नम्बर गण र सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीको र प्रसौनीको  मिलोमतोमा अशोक भन्ने तस्करहरुको  ५ वटा मोटरसाइकलमा लोड गरि दिन दिहाडै तस्करी भईरहेको सर्वसाधारणहरुले बताएका छन।त्यसैगरि ट्याक्टरमा टुनाको धान र रुपेश र तारकेश्वरको रजनिगन्धा , राजनिवास र कुखुराको चल्ला, र कुखराको मासु गफार भन्ने व्यापरीबाट राजश्व छली गरी नेपाल भित्र्याउने गरेका छन् ।त्यसैगरि प्रसौनी बिओपीको मिलोमतोमा प्रसौनीबाट नुरेन र फारुको ठुलो मात्रामा भैसीको तस्करी सुचारु गरेको छ भने तस्करीमा संलग्न सरफदेवले ५ वटा मोटरसाइकलमा लोड गरि लत्ताकपडाको लाईन पाएको नाम नछाप्ने शर्तमा सशस्त्र प्रहरीका एक अधिकारीले बताएका छन।

सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी हुँदै आएपनि मिडिया बाजि गर्नको लागि उपरीक्षक धिमालले  सानातिना घरायसी सामान र प्याज  समाएर हल्ला पिटाउदै आएका छन्। एकातिर घरखर्चका लागि थोरै मात्रामा ल्याइएका सामान समाएर सर्वसाधारणलाई हैरानी पारिन्छ भने अर्को तर्फ रातभर तस्करलाई लाइन दिएर रकम असुली गर्ने गरेको सशस्त्र प्रहरी बल बिओपी प्रसौनीका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेल माथी आरोप लाग्ने गरेको छ ।

सशस्त्र प्रहरी बल बिओपी प्रसौनीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजिल विगत ४ बर्ष देखि पर्सा जिल्लाको विभिन्न बिओपीपति बन्दै बस्दै आएका हुन्।विगतको दिनमा भुजेल सबैठवा बिओपीको प्रमुख हुदा तस्करीहरु आर्थिक लेन दिन गरेको आरोपमा तानिए पनि माथिल्लो निकायको आर्शिवादले कार्यबाहीबाट जुगेका थिए।सशस्त्र प्रहरी निरीक्षक भुजिलले  कपडा तस्कर अशोक सँग ५ / ५ लाख रकम सम्म लिएर तस्करीको लाईन भैसी , नुरेन, फारुक, कबाडबाट २ लाख, लत्ताकपडाको तस्करबाट १ लाख रुपैया एसपी धिमालको नाऊमा समेत महिनवारी बुझेको समाचार स्रोतको दावी छ ।

उक्त तस्करीको बिषयमा बुझनको लागि सशस्त्र प्रहरी १३ नम्बर गणका प्रबक्ता एवम सशस्त्र प्रहरी नायब उपरीक्षक देबिन्द्र सिंह संग बुझ्दा सरोज र अशोकको नाऊ नसुनेको र यस्तो केही तस्करीको सामानहरु भेटेमा ठाऊको ठाऊ कार्यवाही गर्ने बताउनुभयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर