नरेश चन्द्र बरबरिया, सिरहा । वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (WWASH CC) पुन: गठन तथा अभिमुखीकरण कार्यक्रममा सम्पन्न भएको छ ।
मंगलबार सिरहा नगरपालिकाको वडा न.१७ खैरटोकाको वडा कार्यालयमा भएको एक कार्यक्रममा वडा अध्यक्ष उमेश प्रसाद यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा १५ सदस्य समिति गठन गरेको हो ।
सबल नेपालको आयोजना भएको उक्त कार्यक्रममा वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति (WWASH CC) पुन: गठनमा वडा अध्यक्ष उमेश प्रसाद यादव संयोजकत्वमा १४ जना सदस्य रहेका छन । सदस्यहरुमा उमेश चन्द्र बरबरिया, संजिव यादव, संगिता पासवान, दौलेत देवी यादव, प्रदिप झा, तेतरी देवी महरा, दुर्गा यादव, धनिराम सिंह, रंजिता यादव, जगदेव यादव, हरिनारायण यादव, कामेश्वर यादव रहेका छन ।
कार्यक्रम संचालक लक्ष्मण पासवानले पुर्ण सरसफाईका सुचकहरू मध्ये यी सात वटा विषयहरुमा सहभागीहरु बिच प्रकाश पारेका थिए । योजना तर्जुमा तथा व्यवस्थापन, चर्पीको समुचित प्रयोग र व्यबस्थापन, व्यक्तिगत सरसफाई, सुरक्षित खानेपानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घरायसी एवं संस्थागत सरसफाई र वातावरणीय सरसफाई बारे जानकारी दिए ।
कार्यक्रममा सबल नेपालका वास मेन्टर पूजा यादव र आलोक मण्डल लागयत विभिन्न क्षेत्रका प्रमुख व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।