2025-06-20

Close

काठमाडौं । नेपालको सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब रूपैयाँ नाघेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २०८२ साल जेठ मसान्तसम्म देशको कुल सार्वजनिक ऋण यही स्तरमा पुगेको हो।

चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्म सरकारले ४ खर्ब १४ अर्ब १९ करोड ऋण लिएको छ।

यही अवधिमा २ खर्ब ६६ अर्ब ६५ करोड ऋण तिर्ने काम भएको छ। कुल ऋणभार भने २ खर्ब २० अर्ब ५८ करोडले बढेको छ।

गत आर्थिक वर्षको अन्त्यमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब थियो। यस वर्ष वैशाख मसान्तसम्म २६ खर्ब २२ अर्ब पुगेको ऋण जेठमा थप वृद्धि भई २६ खर्ब ५४ अर्ब ६६ करोड रूपैयाँ पुगेको छ।

यो ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड रहेको छ भने बाह्य ऋण १३ खर्ब ८२ अर्ब १२ करोड पुगेको छ।

आन्तरिक ऋण कुल गार्हस्थ उत्पादन (जिडिपी) को २२.३१ प्रतिशत र बाह्य ऋण २४.२३ प्रतिशत बराबर रहेको कार्यालयले जनाएको छ। कुल सार्वजनिक ऋण जिडिपीको ४३.४७ प्रतिशत बराबर पुगेको छ।

सरकारले चालु वर्षमा उठाउने लक्ष्य राखेको आन्तरिक ऋण मध्ये ९५.४५ प्रतिशत उठेको छ।

बाह्य ऋण लक्ष्यको ४५.७२ प्रतिशत मात्रै उठेको छ। उठेको कुल ऋणमा आन्तरिक ऋणको हिस्सा ७६.०५ प्रतिशत रहेको छ भने बाह्य ऋणको हिस्सा २३.९५ प्रतिशत मात्रै छ।

नेपाल सरकारले विदेशी मुद्रामा लिएको ऋण सोही मुद्रामा तिर्नुपर्ने व्यवस्था रहेकोले विनिमय दरमा आएको उतारचढावका कारण ऋणभार थपिएको देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर